भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता « Khabarhub

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता


२९ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

वेलिङ्गटन- प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा ३० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् । अधिकारीहरूले बेपत्ताको खोजी तथा उद्धार कार्य सोमबार पनि जारी राखेका छन् । एमभी माटुई नामक डुङ्गा शुक्रबार ४७ जना यात्रुसहित अम्बाई र सान्टो टापुबीच यात्रा गरिरहेका बेला डुबेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सप्ताहन्तमा उद्धारकर्मीहरूले समुद्रबाट १५ जनालाई जीवितै उद्धार गरेको प्रधानमन्त्री कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दुर्घटनामा एक जनाको शवसमेत फेला परेको छ भने ३० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको विज्ञप्तिमा जनाइएको छ ।

खोजी तथा उद्धार कार्य अब समुद्रतट आसपास केन्द्रित गरिने भएको छ । समुद्रको तुलनामा तटीय क्षेत्रमा रहेका खोलाको पानी र समुद्री धाराले बगेका व्यक्तिहरू पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोजीको क्षेत्र परिवर्तन गर्न लागिएको अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार दुर्घटना तीव्र हावा र खराब समुद्री अवस्थासम्बन्धी चेतावनीलाई बेवास्ता गर्नु तथा डुङ्गामा क्षमताभन्दा बढी यात्रु राखिनुजस्ता लापरवाहीका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । भानुआटुको मौसम विज्ञान सेवाले डुङ्गा यात्रा गरेको दिन तीव्र हावा र उच्च समुद्री छालको चेतावनी जारी गरेको थियो ।

दक्षिण प्रशान्त महासागरमा अवस्थित भानुआटु उत्तरी अस्ट्रेलियाबाट करिब एक हजार ७५० किलोमिटर पूर्वमा रहेको ८३ वटा टापुहरूको द्वीपसमूह हो ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  १ : ०९ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो