उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी « Khabarhub

उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सोल- उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी अभ्यास गरी ‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी गरेको छ । दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयका बाबजुद उत्तर कोरियाले सैन्य परीक्षण तीव्र पारेको विज्ञहरूले बताएका छन् ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार शनिबारको अभ्यास एकीकृत हतियार नियन्त्रण प्रणालीको क्षमता परीक्षणमा केन्द्रित थियो । दक्षिण कोरियाली सेनाले सोही दिन वोनसन क्षेत्रबाट छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको र त्यो पूर्वी समुद्रतर्फ करिब २५० किलोमिटर उडेको बताएको छ ।

अभ्यासको निरीक्षणपछि उत्तर कोरियाली मार्सल पाक जोङ चोनले एकीकृत हतियार प्रणालीले ठूलो स्तरमा एकीकृत रूपमा प्रहार गर्न सक्ने क्षमता देखाएको बताएका छन् । उत्तर कोरियाले गरेका हतियार परीक्षणसम्बन्धी दाबी भने स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन हुने गरेको छ ।

अमेरिका, दक्षिण कोरिया र जापानको संयुक्त सैन्य अभ्यास सकिएको एक दिनपछि उत्तर कोरियाले उक्त अभ्यास गरेको हो । गत अगस्टमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग सम्बन्ध सुधार गर्ने प्रयासस्वरूप दक्षिण कोरियासँगको प्रमुख सैन्य अभ्यास उल्लेख्य रूपमा घटाउन निर्देशन दिएका थिए । उत्तर कोरियाले अभ्यासको अवधि घटाउँदैमा त्यसको ‘उत्तेजक र आक्रामक प्रकृति’ नबदलिने भन्दै प्रस्ताव अस्वीकार गरेको थियो ।

विज्ञहरूका अनुसार आणविक हतियार भण्डार बढ्दै जानु तथा रूस र चीनसँग सम्बन्ध गहिरिनुले किमलाई अमेरिकासँग सम्भावित वार्तामा विगतको तुलनामा बलियो बनाएको छ । किमले यस वर्ष अमेरिकाले उत्तर कोरियाप्रतिको ‘शत्रुतापूर्ण नीति’ त्यागी आफ्नो देशको आणविक राष्ट्रको हैसियत सम्मान गरे वार्तामा फर्कन सकिने बताएका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  २ : ५९ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज