चीनले इरानलाई सूचना दिएको खबरबारे ट्रम्प : हामी पनि उनीहरूको जासुसी गर्छौँ « Khabarhub

चीनले इरानलाई सूचना दिएको खबरबारे ट्रम्प : हामी पनि उनीहरूको जासुसी गर्छौँ


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुअघि र पछि जोर्डनस्थित अमेरिकी सैन्य अड्डाका स्याटेलाइट तस्बिर चिनियाँ संस्थाले इरानलाई उपलब्ध गराएको भन्ने समाचारलाई बेवास्ता गरेका छन् । वाल स्ट्रिट जर्नलले चिनियाँ संस्थाले तेहरानलाई उक्त सैन्य अड्डाका तस्बिर उपलब्ध गराएको समाचार सार्वजनिक गरेको भोलिपल्ट आइतबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका र चीनबीच एकअर्काको गुप्तचर गतिविधि हुने बताए ।

“उनीहरूले हाम्रो जासुसी गर्छन् भने हामी पनि उनीहरूको जासुसी गर्छौं,” उनले भने । जुलाई १७ मा इरानले जोर्डनस्थित मुवाफाक सल्टी एयर बेसमा क्षेप्यास्त्र आक्रमण गर्दा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो । जर्नलले उद्धृत गरेका नाम नखुलाइएका अमेरिकी अधिकारीहरूले स्याटेलाइट तस्बिर उपलब्ध गराउने चिनियाँ संस्थाको नाम खुलाएका छैनन् र चिनियाँ सरकार प्रत्यक्ष रूपमा संलग्न रहेको आरोपसमेत लगाएका छैनन् ।

चिनियाँ अधिकारीहरूले स्याटेलाइट तस्बिर हस्तान्तरण भएको प्रमाण मागेको तथा चिनियाँ कम्पनीहरू तेहरानलाई तस्बिर उपलब्ध गराउन संलग्न रहेको स्वीकार गर्न अस्वीकार गरेको जर्नलले जनाएको छ । यस घटनाले सेप्टेम्बर २४ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको ह्वाइट हाउस भ्रमणअघि वासिङ्टन र बेइजिङबीचको तनाव बढाउन सक्ने देखिएको छ ।

राष्ट्रपति ट्रम्पले चीनलाई इरानलाई हतियार बिक्री नगर्न चेतावनी दिँदै आएका छन् । मे महिनामा अमेरिकाले इरानको सैन्य गतिविधिमा सहयोग गरेको आरोपमा चीनमा आधारित तीन स्याटेलाइट कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो । चीन इरानको प्रमुख आर्थिक साझेदार हो र उसको ठूलो परिमाणको तेल खरिद गर्नुका साथै तेहरानलाई कूटनीतिक समर्थन गर्दै आएको छ । यद्यपि, राष्ट्रपति ट्रम्पले राष्ट्रपति सीसँग सम्बन्ध उचित रहेको बताए ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  २ : ३० बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना