‘कान्स’मा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द फग’ले पनि तान्न सकेन घरेलु दर्शक « Khabarhub

‘कान्स’मा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द फग’ले पनि तान्न सकेन घरेलु दर्शक


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द फग’ले घरेलु दर्शकलाई आकर्षित गर्न सकेन । दोस्रो विकेन्डसम्मको ग्रस कलेक्सनले फिल्म फ्लप भएको स्पष्ट पार्छ ।

चलचित्र विकास बोर्डका अनुसार यस फिल्मको सुरुवाती १० दिनको व्यापार मात्रै ८५ लाख ९५ हजार छ । यसका लागि २४ हजार वटा टिकट खरिद-बिक्री भएको छ ।

यो फिल्मको व्यापार एकदमै कमजोर हो । अब दोस्रो विकेन्डसम्मका दर्शकको माउथ पब्लिसिटीले तेस्रो साता फिल्मको व्यापारले पिकअप लिने झिनो सम्भावना भने जीवित नै छ ।

भदौ १९ बाट प्रदर्शनमा आएको यो फिल्मले यस वर्षको कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’मा जुरी प्राइज जितेको थियो । कान्सको मुख्य प्रतिस्पर्धापछिको सबैभन्दा महत्व दिने खण्ड ‘अन सर्टेन रिगार्ड’ हो ।

फरक धार र मौलिक कथालाई प्राथमिकता दिन तथा नव निर्देशकहरूलाई हौसला दिन उक्त खण्ड समावेश गरिएको हो । नेपाली फिल्मले प्रतिष्ठित फेस्टिभलमा जितेको यो नै सबैभन्दा ठूलो पुरस्कार हो ।

तर, यही फिल्मले घरेलु दर्शक हलसम्म तान्न नसक्नु दुखद हो । प्रायः विदेशी फेस्टिभलमा चर्चा कमाएका नेपाली फिल्महरूले घरेलु दर्शकलाई आकर्षण गर्न सकेका छैनन् । यही सूचीमा ‘इलिफेन्ट इन द फग’ परेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ३ : ३४ बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा