‘कान्स’मा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द फग’ले पनि तान्न सकेन घरेलु दर्शक « Khabarhub

‘कान्स’मा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द फग’ले पनि तान्न सकेन घरेलु दर्शक


२९ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द फग’ले घरेलु दर्शकलाई आकर्षित गर्न सकेन । दोस्रो विकेन्डसम्मको ग्रस कलेक्सनले फिल्म फ्लप भएको स्पष्ट पार्छ ।

चलचित्र विकास बोर्डका अनुसार यस फिल्मको सुरुवाती १० दिनको व्यापार मात्रै ८५ लाख ९५ हजार छ । यसका लागि २४ हजार वटा टिकट खरिद-बिक्री भएको छ ।

यो फिल्मको व्यापार एकदमै कमजोर हो । अब दोस्रो विकेन्डसम्मका दर्शकको माउथ पब्लिसिटीले तेस्रो साता फिल्मको व्यापारले पिकअप लिने झिनो सम्भावना भने जीवित नै छ ।

भदौ १९ बाट प्रदर्शनमा आएको यो फिल्मले यस वर्षको कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’मा जुरी प्राइज जितेको थियो । कान्सको मुख्य प्रतिस्पर्धापछिको सबैभन्दा महत्व दिने खण्ड ‘अन सर्टेन रिगार्ड’ हो ।

फरक धार र मौलिक कथालाई प्राथमिकता दिन तथा नव निर्देशकहरूलाई हौसला दिन उक्त खण्ड समावेश गरिएको हो । नेपाली फिल्मले प्रतिष्ठित फेस्टिभलमा जितेको यो नै सबैभन्दा ठूलो पुरस्कार हो ।

तर, यही फिल्मले घरेलु दर्शक हलसम्म तान्न नसक्नु दुखद हो । प्रायः विदेशी फेस्टिभलमा चर्चा कमाएका नेपाली फिल्महरूले घरेलु दर्शकलाई आकर्षण गर्न सकेका छैनन् । यही सूचीमा ‘इलिफेन्ट इन द फग’ परेको छ ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  ३ : ३४ बजे

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल