तीज : पशुपतिनाथमा महिला दर्शनार्थीको घुइँचो « Khabarhub

तीज : पशुपतिनाथमा महिला दर्शनार्थीको घुइँचो


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तीजका अवसरमा आराध्यदेव भगवान् श्री पशुपतिनाथ मन्दिरमा १० बजेपछि भक्तजनको चाप बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहान नौ बजेसम्म भक्तजन सीमित मात्रामा थिए ।

१० बजेपछि क्रमशः चाप बढेको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । बिहान आधा घण्टामै दर्शन गरेर फर्कन सकिने अवस्था थियो । बिहान १० बजेसम्म लाममा बसेको आधा घण्टामै दर्शन गरेर भक्तजन फर्किएका थिए । बिहान १० बजेपछि लाम बस्नुपर्ने अवस्था रहेको ललितपुर चापागाउँबाट आउनुभएकी दर्शनार्थी रञ्जिता शर्माले बताइन् ।

बिहानै पानी पनि परेको र पानी रहेपछि पनि बादल लागेकाले भक्तजन कम आएको संस्कृति संरक्षण महाशाखाका बिसेट नायके अरुण श्रेष्ठले जानकारी दिए । यस वर्ष यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण एक हजार ३०० भन्दा बढीको निधन भएको र करिब चार हजार मानिस हराइरहेको शोकका कारण शिवालयमा आउने भक्तजनको सङ्ख्या घटेको छ ।

पशुपति क्षेत्रका विभिन्न स्थानमा रातो पहिरनमा सजिएका महिला भक्तजनको लाम लागेको छ । छिटो दर्शन गरेर फर्कनुपर्ने भक्तजनका लागि कोषले सःशुल्क टिकटको व्यवस्था गरेको छ । एक हजार रुपैयाँको को टिकट लिएर हतार हुने भक्तजन दर्शन गरेर फर्कन सकिने व्यवस्था गरिएको छ ।

यो टिकट दिनभर काटेर दर्शन गर्न सकिने कोषले जनाएको छ । तीजका अवसरमा राजधानीका गोकर्णेश्वर, नागेश्वर, त्रिपुरेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने वसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वरलगायत काठमाडौँ उपत्यकाका ठूला, साना शिवालयमा भक्तजनको लाम लागेको छ । यसैगरी देशका विभिन्न स्थानमा रहेका साना, ठूला शिवालयमा पूजा, आराधाना एवं दर्शनका लागि महिला दर्शनार्थी भक्तजनको घुइँचो रहेको जनाइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ४ : १७ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब