ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो « Khabarhub

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको ट्राफिक सचेतना कार्यक्रमको प्रभावकारितासँगै सवारी दुर्घटनामा १९ प्रतिशतभन्दा बढीले कमी आएको छ ।

सवारी दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्ने उद्देश्यले ट्राफिक प्रहरीले विभिन्न समय, उमेर समूह र समुदायलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सडक प्रयोगकर्तालाई ट्राफिक नियम, सुरक्षित यात्रा र सडक अनुशासनबारे जानकारी गराउने कार्यक्रमलाई निरन्तरता दिएपछि दुर्घटनामा उल्लेख्य कमी आएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८३र८४ मा मात्रै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १० हजार ७२० वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार ट्राफिक प्रहरीको मुख्य कार्यक्षेत्र सडक भए पनि दुर्घटना न्यूनीकरणका लागि समुदायस्तरदेखि विद्यालय तथा कलेजसम्म सचेतना कार्यक्रम विस्तार गरिएको छ ।

सडक प्रयोगकर्ताको व्यवहारमा सुधार ल्याउने र ट्राफिक नियम पालना गर्ने संस्कार विकास गर्ने उद्देश्यले लक्षित कार्यक्रम सञ्चालन गरिएको उनले बताए । “ट्राफिक प्रहरीको मुख्य कार्यक्षेत्र सडक नै हो । नेपालभर सडक सञ्जालको विस्तार भइसकेको र सडक प्रयोग नगरी नागरिकको दैनिक जीवन सञ्चालन नहुने भएकाले ट्राफिक प्रहरीले सडकदेखि समुदायस्तर तथा विद्यालयदेखि कलेजसम्म सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छौँ”, प्रवक्ता सुवेदीले भने, “पछिल्लो समय काठमाडौँ उपत्यकामा १९ प्रतिशतले सवारी दुर्घटनामा कमी आएको छ ।”

सडक सुरक्षा र दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने कार्यालयले जनाएको छ । ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन र सडक प्रयोगकर्ताको जिम्मेवारीबारे निरन्तर सचेतना फैलाउन सके दुर्घटना अझै न्यूनीकरण गर्न सकिने प्रहरीको विश्वास छ ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  १० : ०३ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि