किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते « Khabarhub

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार राति भएको आक्रमणअघि पश्चिमा सहयोगी राष्ट्रहरूबाट पूर्वसूचना प्राप्त नभएको बताए  । उनका अनुसार यसै साता युक्रेनमा यस प्रकारको आक्रमण दोस्रोपटक भएको हो ।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रमणबाट किएभस्थित एक आवासीय भवनमा क्षति पुगेको जानकारी दिएका छन् । राजधानीको प्रमुख विद्युत् उत्पादन केन्द्रमध्ये एउटालाई समेत निशाना बनाइएको उनले बताएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सप्ताहान्तमा रुस र युक्रेन ऊर्जा क्षेत्रमा युद्धविराम गर्न सहमत भएको घोषणा गरेका थिए । त्यसपछि राष्ट्रपति जेलेन्स्कीले पनि रुस ऊर्जा क्षेत्रमा युद्धविराम गर्न सहमत भए युक्रेनले समेत त्यसलाई स्वीकार गर्ने बताए ।

मंगलबार पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाले युक्रेनसँग गुप्तचरसम्बन्धी सूचना आदानप्रदान गरिरहेको र युद्ध अन्त्यका लागि रुस तथा युक्रेन दुवै पक्षसँग निरन्तर प्रयास गरिरहेको बताए।

‘हामी उनीहरूलाई सहयोग गरिरहेका छौँ र गुप्तचरसम्बन्धी सूचना पनि साझा गरिरहेका छौँ’, ट्रम्पले भभनेभयो ।

यसैबीच, युक्रेनी समाचार संस्था उक्रिनफर्मका अनुसार बुधबार बिहान पनि रुसले किएभलाई लक्षित गरी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि राजधानीमा पुनः विस्फोटका आवाज सुनिएका थिए ।

लगातार भइरहेका आक्रमणले युक्रेनमा सर्वसाधारणको सुरक्षा र महत्त्वपूर्ण ऊर्जा पूर्वाधारको संरक्षणबारे चिन्ता बढाएको छ । ऊर्जा क्षेत्रमा युद्धविरामको घोषणा भए पनि त्यसको कार्यान्वयन र युद्ध अन्त्यका लागि कूटनीतिक प्रयासको प्रभावकारिताबारे प्रश्न उठेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  २ : ४३ बजे

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने

प्रकाशचन्द्र परियारको रिपोर्ट कार्डमा के–के छन् दोस्रो अधिवेशनका काम ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर