दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी « Khabarhub

दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बेरुत- इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न सहर तथा क्षेत्रमा बुधबार पनि आक्रमण जारी राखेको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सेनाले तोपखाना र मेसिनगनबाट गोलाबारी गर्नुका साथै विभिन्न स्थानमा विस्फोट गराएको छ।

समाचार एजेन्सीका अनुसार इजरायली सेनाले दक्षिणी लेबनानको पश्चिमी क्षेत्रमा पर्ने अल–मन्सुरी र मजदल जोन सहरलाई निशाना बनाएको छ। बुउत अल–सैय्यदत क्षेत्रमा पनि मेसिनगनबाट गोली प्रहार गर्दै सैन्य कारबाही गरिएको छ।

त्यसैगरी, हददा र बाराचित सहरका बाहिरी क्षेत्रमा तोपखानाबाट आक्रमण गरिएको छ। बिन्ट जेबिल जिल्लाअन्तर्गत हरिस र हददा सहरबीचको अल–अरयेश क्षेत्रमा पनि आक्रमण भएको जनाइएको छ। सकरा र वादी अल–सलौकी आसपासका क्षेत्रमा समेत गोलाबारी गरिएको समाचारमा उल्लेख छ।

लेबनान र इजरायलले गत जुनमा अमेरिकाको मध्यस्थतामा सुरक्षा व्यवस्थासम्बन्धी रूपरेखा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौतामा लेबनानी सेनाको चरणबद्ध तैनाथी, इजरायली सेनाको फिर्ती तथा पुनर्निर्माण र आर्थिक सुधारका उपाय समेटिएका छन्।

यद्यपि, सम्झौतामा उल्लेख गरिएका प्रावधान कार्यान्वयनमा विभिन्न अवरोध कायमै रहेका छन्।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ५ : ३४ बजे

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक