बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल « Khabarhub

बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए।

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेलायती सेनाध्यक्ष जनरल सर रोय वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

त्यस्तै, वेल्सको ब्रेकनस्थित इन्फ्यान्ट्री ब्याटल स्कुलको भ्रमणका क्रममा उनले अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२६’ को निरीक्षण गरेका थिए। उक्त अभ्यासमा स्वर्ण पदक जित्न सफल नेपाली सैनिक टोलीका सदस्यहरूलाई उनले प्रधानसेनापति प्रशंसा निशानबाट सुशोभित गरेका थिए।

यस भ्रमणले नेपाल र बेलायतबीच सदियौँदेखि कायम सौहार्दपूर्ण द्विपक्षीय सैनिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउन मद्दत पुगेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले जनाएको छ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ५ : ३९ बजे

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक