काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार अपराह्न आपसी विवादका क्रममा कुटपिट हुँदा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका रोशन पाख्रिन घाइते भएका थिए।
कुटपिटबाट बेहोस भएका पाख्रिनलाई उपचारका लागि कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनामा पक्राउ परेका अन्य दुई जनाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया