अमेरिकामा रोकिएका हवाई उडान सञ्चालनमा « Khabarhub

अमेरिकामा रोकिएका हवाई उडान सञ्चालनमा


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– प्राविधिक समस्याका कारण शुक्रबार घण्टौँसम्म अवरुद्ध भएको अमेरिकाको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । पुराना हवाई ट्राफिक नियन्त्रण उपकरणमा समस्या आएपछि देशभरका विमानस्थलमा उडान रोकिएको थियो ।

अमेरिकी यातायातमन्त्री सीन डफीले शुक्रबार राति स्थानीय समयअनुसार ८ः१५ बजे अमेरिकी हवाई क्षेत्र पुनः सञ्चालनमा आएको जानकारी दिएका छन् । यद्यपि, उडान सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन केही समय लाग्ने उनले बताएका छन् ।

मन्त्री डफीका अनुसार हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्रयोग भइरहेका पुराना स्विच र राउटरमा अत्यधिक डाटा प्रवाह हुँदा उपकरणहरूले काम गर्न छाडेका थिए । त्यसका कारण हवाई उडान सञ्चालनमा अवरोध सिर्जना भएको थियो ।

यस घटनाको एक दिनअघि मात्रै अमेरिकी सरकारले हवाई ट्राफिक नियन्त्रण प्रणालीको आधुनिकीकरणका लागि संसद्सँग ३० अर्ब अमेरिकी डलर बजेट माग गरेको थियो ।

यसैबीच, अमेरिकाका होमल्यान्ड सेक्युरिटीमन्त्री मार्कवेन मुलिनले हवाई सेवा अवरुद्ध हुनुमा साइबर आक्रमणको कुनै प्रमाण नभेटिएको बताएका छन् । उनले यस घटनाको माइक्रोसफ्टको विश्वव्यापी सेवा अवरोधसँग पनि कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।

यद्यपि, सुरक्षा निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन् । अधिकारीहरूले हवाई यात्रा सुरक्षित रहेको आश्वस्त पार्दै सेवा क्रमशः सामान्य अवस्थामा फर्किने बताएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  ३ : ३१ बजे

यमनमा सर्वसाधारणको सुरक्षाप्रति राष्ट्रसङ्घको चासो, आक्रमण रोक्न आग्रह

संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघले यमनमा सर्वसाधारण नागरिक तथा नागरिक पूर्वाधारमाथि भइरहेका

अमेरिकामा रोकिएका हवाई उडान सञ्चालनमा

वासिङ्टन– प्राविधिक समस्याका कारण शुक्रबार घण्टौँसम्म अवरुद्ध भएको अमेरिकाको हवाई

होर्मुजमा फेरि तनाव, दुई तेल ट्यांकरमा विस्फोट र आगलागी

तेहरान– इटालीको रिभोलुसनरी गाड्र्सले शनिबार होर्मुज जलडमरुमामा दुई तेल ट्यांकर

कोप–३१ मा सहभागी हुन नेपालबाट पाँच सांसद टर्कीए जाँदै

काठमाडौँ – जलवायु परिवर्तनका असर, हिमाल तथा हिमनदीको संरक्षण र

छठमा उखुको विशेष महत्व, माग बढ्यो

सिरहा – आस्थाको महापर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक