विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य « Khabarhub

विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको खेलमा अहिले लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा विराटनगरले लुम्बिनीलाई १ सय ६७ रनको लक्ष्य दिएको छ ।

कीर्तपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन बनायो ।

विराटनगरका लागि चरिथ असलंकाले सर्वाधिक ६४ रन बनाए । ४३ बलको सामना गरेका उनले १ चौका र ६ छक्का प्रहार गरे । त्यसैगरी, विराटनगरका लागि शुभम रञ्जानेले ३१ रन बनाए ।

बलिङतर्फ लुम्बिनीका किशोर महतोले २ तथा रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले समान एक विकेट लिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  ७ : ०४ बजे

छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा

 काठमाडौँ– दिपावली पछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण तयारी

विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको खेलमा अहिले लुम्बिनी

नेपालको २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गरिने 

अन्ताल्या– नेपाल सरकार र विश्वव्यापी जलवायु समाधान प्रदायक संस्था साउथ

रास्वपा र सरकारबीच विवाद छैन : सभापति लामिछाने

धनुषा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेस प्रदेशमा