सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा « Khabarhub

सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ। लुटेरा समूहले सुरक्षा गार्ड रुद्र कार्कीको हात काटेर लुटपाट मच्चाएका हुन्। कर्मचारीलाई बाँधेर लुटेराले गार्डमाथि आक्रमण गर्दै लुटपाट मच्चाएको सिन्धुली प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार साँझ करिब ७:४५ बजेतिर सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र योजना बद्ध रूपमा लुटपाट भएको हो। लुटेराले बैंकभित्रको नगद भरेका बोरा–बोरासहित जंगलतर्फ फरार भएका छन्।

लुटपाटपछि राति स्थानीयले बोरा पैसा फेला पारेका छन्। लुटपाट लागत्तै इलाका प्रहरी कार्यालय बस्तीपुरको टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीको नेतृत्वमा थप प्रहरी परिचालन भएको छ । प्रहरी र स्थानीय मिलेर जंगल तथा आसपासका क्षेत्रमा लुटेराको खोजी जारी राखेको छ।

कति रकम लुटियो भन्ने आधिकारिक विवरण अझै सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ७ : १९ बजे

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका युवकको शव भेटियो

बर्दिया – दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक