मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी « Khabarhub

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा मध्यमार्गी मोडलमासमेत सकारात्मक नभएको आफू समर्थक नेतालाई ब्रिफिङ गरेका छन्।

कांग्रेस सभापति देउवासँगको वार्ताबाट बाहिरिएपछि महामन्त्रीद्वयले उक्त ब्रिफिङ गरेको नेताहरूको दाबी छ ।

‘मध्यमार्गी मोडलमासमेत सभापति देउवा सकारात्मक नभएको अवस्था छ, साथीहरू अहिले हामी वार्ताबाट निस्केका छौँ । पुनः हामीले राखेको शर्तमा उहाँको मन्जुर हुन्छ भने वार्तामा बोलाउनु भनेका छौँ,’ महामन्त्रीद्वयको भनाइ उधृत गर्दै एक नेताले भने ।

वार्तामा सहभागी महामन्त्रीले समूहमा ब्रिफिङ गरेको जानकारी गराउँदै ती नेताले भने, ‘निर्वाचनको टिकटमा सभापति देउवाले हस्ताक्षर नगर्ने विषयमा सभापति नरम देखिनुभएको छ । अरु कुराहरू मिल्न बाँकी छ उहाँ राजीनामा दिन तयार हुनुहुन्न रे  ।’

हिजो दिउँसो र रातभर चलेका वार्ता निर्षकर्षविहीन भएपछि देउवाले दुई महामन्त्री थापा र शर्मालाई आज बिहान छलफलका लागि बोलाएका थिए ।

ठोस निर्णय नआएपछि महामन्त्रीहरूले निर्वाचन समितिलाई जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।

सभापतिसँग निर्णायक भनिएको वार्तामा सहमति नजुटेपछि विशेष महाधिवेशन पक्षधर निर्वाचनमार्फत नीति र नेतृत्व चयनको प्रक्रियामा अघि बढेको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १० : २० बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित