साढे तीन घण्टा बित्दा पनि सुरू भएन कांग्रेस संस्थापनको बैठक « Khabarhub

साढे तीन घण्टा बित्दा पनि सुरू भएन कांग्रेस संस्थापनको बैठक


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक अझैसम्म सुरू हुन सकेको छैन ।

बिहान ८ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठक साढे तीन घन्टा बितिसक्दा पनि सुरु हुन नसकेको हो ।

महाराजगञ्जमा सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको वार्तामा सहमति नजुटेसँगै बैठक अनिश्चित भएको छ।

मंगलबार पनि दिउँसो हिजो १ बजे बोलाइएको बैठक बेलुकी साढे ७ बजे सुरु भएलगत्तै स्थगित भएको थियो।

यता भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा मनोनयन दर्ता सकिएको छ। सभापतिदेखि केन्द्रीय कार्यसमिति सदस्यका उम्मेदवारसम्मले मनोनयन दिइसकेका छन् ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ११ : ३७ बजे

सरकारी स्वास्थ्य संस्थामा सीजीएएस प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी स्वास्थ्य संस्थालाई सरकारी

मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान सावित, तिलका १० चमत्कारी फाइदा 

जाडो मौसम र हाम्रो परम्परासँग जोडिएको ‘तिल’ को वैज्ञानिक महत्त्व

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल

कांग्रेस फुट नजिक पुग्दा सानेपामा संस्थापनका नेता (तस्बिरहरू)

काठमाडौं– बुधबारका लागि नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा

देउवाको जवाफ : कानुनले दिए प्रतिनिधि सभाको टिकटमा अर्कैले हस्ताक्षर गरे हुन्छ

काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीहरू विश्वप्रकाश शर्मा र