कांग्रेस विशेष महाधिवेशन : विद्युतीय मेशिनमा मतदान तयारी « Khabarhub

कांग्रेस विशेष महाधिवेशन : विद्युतीय मेशिनमा मतदान तयारी


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चार दिनदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मनोनयन दर्ता सकिएको छ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनअन्तर्गत मंगलबारदेखि जारी मनोनयन दर्ता कार्यक्रम बुधबार बिहान सकिएको हो ।

यद्यपि कुन पदमा कस-कसले मनोनयन दर्ता गराए भन्ने खुलिसकेको छैन । स्रोतका अनुसार सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी परेको छ।

मनोनयन दर्ता सकिएसँगै अब महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनलाई मतदान प्रक्रियामा लैजाने तयारी गरेका छन् ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार तलमाथि नभए बुधबार नै विद्युतीय भोटिङ मेशिनबाट नयाँ नेतृत्व छान्न मतदान प्रक्रिया थालिने भएको छ।

निर्वाचन समितिले अहिलेसम्म कुन पदमा कतिजनाको उम्मेदवारी परेको विवरण सार्वजनिक गरिसकेको छैन ।

‘मनोनयन दर्ताको समय सकियो, उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गर्छौं’, निर्वाचन समिति संयोजक केसीले भने ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ११ : ४३ बजे

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ– चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख भेटी

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

उदयपुर– उदयपुरका विभिन्न भागका एक हजार एकसय हेक्टर क्षेत्रफलमा चैतेधान

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको