कांग्रेस विशेष महाधिवेशन : विद्युतीय मेशिनमा मतदान तयारी « Khabarhub

कांग्रेस विशेष महाधिवेशन : विद्युतीय मेशिनमा मतदान तयारी


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चार दिनदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मनोनयन दर्ता सकिएको छ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनअन्तर्गत मंगलबारदेखि जारी मनोनयन दर्ता कार्यक्रम बुधबार बिहान सकिएको हो ।

यद्यपि कुन पदमा कस-कसले मनोनयन दर्ता गराए भन्ने खुलिसकेको छैन । स्रोतका अनुसार सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी परेको छ।

मनोनयन दर्ता सकिएसँगै अब महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनलाई मतदान प्रक्रियामा लैजाने तयारी गरेका छन् ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार तलमाथि नभए बुधबार नै विद्युतीय भोटिङ मेशिनबाट नयाँ नेतृत्व छान्न मतदान प्रक्रिया थालिने भएको छ।

निर्वाचन समितिले अहिलेसम्म कुन पदमा कतिजनाको उम्मेदवारी परेको विवरण सार्वजनिक गरिसकेको छैन ।

‘मनोनयन दर्ताको समय सकियो, उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गर्छौं’, निर्वाचन समिति संयोजक केसीले भने ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ११ : ४३ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र