कांग्रेस सभापतिमा गगनको मात्रै उम्मेदवारी, महामन्त्रीमा विश्व र प्रदीपको मनोनयन « Khabarhub

कांग्रेस सभापतिमा गगनको मात्रै उम्मेदवारी, महामन्त्रीमा विश्व र प्रदीपको मनोनयन


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चार दिनदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि सभापति पदमा वर्तमान महामन्त्री गगनकुमार थापाको मात्रै मनोनयन परेको छ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनअन्तर्गत मंगलबारदेखि जारी मनोनयन दर्ता कार्यक्रम बुधबार बिहान सकिँदा सभापतिमा गगनले मात्रै उम्मेदवारी दिएका हुन् ।

उता महाममन्त्री पदमा नेताहरू विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । शर्मा वर्तमान महामन्त्री हुन् । उता प्रदीप पौडेले १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका थिए ।

सहमहामन्त्री पदमा बागमतीका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दिएको जानकारी प्राप्त भएको छ।

अहिलेसम्म निर्वाचन समितिले पदाधिकारीतर्फ कुन पदमा अरू कस-कसले मनोनयन दर्ता गराए खुलाएको छैन ।

मनोनयन दर्ता सकिएसँगै अब महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनलाई मतदान प्रक्रियामा लैजाने तयारी गरेका छन् ।

तर सकेसम्म सबै निर्वाचित कमिटीलाई सर्वसम्मत गराउने तयारी पनि भइरहेको छ । त्यसकैका लागि निर्वाचन समितिले उम्मेदवारी दिएकाहरूलाई फिर्ताको मञ्जुरीनामामा पनि सही गराएर मात्रै मनोनयन दर्ता गराइरहेको छ ।

विशेष महाधिवेशन आयोजकले पदाधिकारीसहितको केन्द्रीय कार्यसमितिलाई सर्वसम्मत बनाएर निर्वाचन आयोगमा जाने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १२ : १९ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित