किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ « Khabarhub

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो । बिहान पुसको चिसो सिरेटोको बेवास्ता नराखी किसान फरुवा चलाउँदै सखरखण्ड निकाल्न व्यस्त छन् । 

कोही सखरखण्ड खन्दै, कोही भने टिप्दै र थुपार्दैछन् भने कोही बजार पठाउनका लागि बोरामा भर्दैछन् । घरका परिवारले मात्र नभ्याउने भएपछि अन्य कामदार लगाएर किसान सखरखण्ड खनिरहेका छन् ।
 
राजपुर गाउँपालिका–३ खरदरियाका किसान रामछोर यादव समयमै खनेर बजारमा पुर्‍याउन सके राम्रो मुनाफा हुने भएकाले किसानले सखरखण्ड खन्दै बिक्री गर्ने काम गरिरहेको बताए। 

तीन बिघा जमिनमा सखरखण्डखेती गरेका यादवले एक बिघामा रोपेको करिब ३५ क्विन्टल सखरखण्ड बिक्री गरिसकेको बताए। दुई बिघा जमिनमा रोपेको सखरखण्ड खन्ने काम भइरहेको छ, खन्न सके सखरखण्ड लिन व्यापारी रोपेको ठाउँमै आउने गरेका छन्, बिक्रीका लागि कुनै समस्या छैन, उनी भन्छन्।
 
व्यापारीलाई भनेको समयमा समान दिइसक्नुपर्छ । करिब डेढ लाख रुपैयाँको सखरखण्ड बिक्री गरिसकेका यादव यो वर्ष एक सय क्विन्टल बढी उत्पादन भए रु तीन लाख ५० हजारसम्मको बिक्री हुने बताउँछन् ।

उनका अनुसार सेतो सखरखण्ड प्रतिकिलो रु ४० देखि ४५ र रातो सखरखण्ड रु ४५ देखि ४९ मा बिक्री भइरहेको छ । अन्य कृषि बालीको तुलनामा कम मिहिनेत र लगानीमै राम्रो आम्दानी लिन सकिने भएपछि धेरै किसानले पछिल्लो समय सखरखण्ड खेती गरेका सोही ठाउँका अर्का किसान धर्मप्रसाद यादव बताउँछन्।

माघेसङ्क्रान्तिमा सखरखण्ड खाने चलन रहेकाले बजारमा यसको व्यापार बढ्दै गएको सोही ठाउँका अर्का किसान सीता यादव बताउँछन् । यो समयमा राम्रो बिक्री हुने भएकाले आम्दानी पनि मनग्य हुने उनको भनाइ छ ।

राजपुर गाउँपालिका–३ र ४ नं वडाका २०० भन्दा बढी किसानले एकदुई कट्ठादेखि तीनचार बिघासम्म सखरखण्डको खेती गरेका छन् । एउटा किसानले थोरैमा २०–२५ हजारदेखि बढीमा ५–६ लाखसम्म यही समयमा सखरखण्ड बेचेर आम्दानी गर्छन् भने दुई करोड बढी पैसा गाउँ भित्रिन्छ । सखरखण्ड लिनका लागि व्यापारी बारीमै पुग्छन् ।

गत वर्ष ५० देखि ५५ प्रतिकिलो सखरखण्ड बिक्री गरेका किसानले यस वर्ष रु ४० देखि ४५ प्रतिकिलोका दरले सखरखण्ड बिक्री गरिरहेका छन् । बिक्रीका लागि समस्या नभए पनि बिचौलियाका कारण उचित मूल्य नपाएको किसानको गुनासो छ । 

कम मिहिनेत र लगानीमा छोटो समयमा राम्रो आम्दानी हुने सखरखण्ड भदौमा रोपिन्छ भने पुसको दोस्रो साताबाट खन्न सुरु हुन्छ । देउखुरीको राजपुरमा उत्पादन भएको सखरखण्ड लमही, घोराही, तुलसीपुर बजारका साथै वुटवलदेखि कोहलपुर र सुर्खेतसम्म पनि पुग्ने गरेको किसान बताउँछन् । 

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १२ : ३० बजे

राजावादीका नाममा म्यासेज आतंक, प्रहरीले पक्राउ गर्‍यो निर्देश सेढाईंलाई

काठमाडौं– राजावादी प्रदर्शनमा सहभागी हुन भन्दै एकै पटक ५० लाख

बैंकिङ क्षेत्रको क्षेत्रगत कर्जा प्रवाह : उपभोगमा मात्रै २१.३३ प्रतिशत, व्यापार दोस्रो प्राथमिकतामा

काठमाडौं– नेपालका बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जामा

सहमतिका लागि देउवासमक्ष ८ बुँदे प्रस्ताव, गगनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारियो

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि संस्थापनलाई ८

करारका चिकित्सकलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन चिकित्सक संघको माग

काठमाडौं– नेपाल चिकित्सक सङ्घले अस्थायी तथा स्थायी करार सेवामा कार्यरत

विश्वप्रकाशको प्रस्ताव- गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाऊँ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहमतिको बिन्दु खोजिएको छ ।