माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो « Khabarhub

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । प्राप्त तथ्यांकअनुसार पुस महिनाको तुलनामा माघमा बैंकहरूको निक्षेपको ब्याजदरमा सामान्य गिरावट आएको छ ।

वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती ब्याजदर पुस महिनामा ४.८६ प्रतिशत रहेकोमा माघ महिनाका लागि घटेर ४.६८ प्रतिशत कायम भएको छ । त्यसैगरी, संस्थागततर्फको औसत ब्याजदर पनि पुसको ३.४५ प्रतिशतबाट घटेर माघमा ३.३८ प्रतिशत कायम भएको छ । 

समग्रमा, व्यक्तिगततर्फ औसत ०.१५ प्रतिशत र संस्थागततर्फ ०.०६ प्रतिशतले ब्याजदर घटेको छ ।

व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर

तथ्यांकअनुसार अधिकांश बैंकहरूले मुद्दतीतर्फको ब्याजदर घटाएका छन् भने केहीले स्थिर राखेका छन् । 

व्यक्तिगततर्फ हिमालयन बैंक र माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै ०.५० प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन् । यस्तै, सिद्धार्थ बैंकले ०.४५ प्रतिशत, एभरेष्ट बैंकले ०.३५ प्रतिशत र लक्ष्मी सनराइज तथा सिटिजन्स बैंकले ०.२५ प्रतिशतले ब्याजदर कटौती गरेका छन् ।

ब्याजदर घट्दो प्रवृत्तिकाबीच प्राइम बैंकले भने व्यक्तिगततर्फको ब्याजदर ०.१५ प्रतिशतले बढाएर ४.४० प्रतिशत पु¥याएको छ ।

तर, माघ महिनाका लागि व्याक्तिगत तर्फ नेपाल बैंक ५.१०, ग्लोबल आइएमई बैंक ५.५०, नबिल बैंक ४.५५, राष्ट्रिय वाणिज्य बैंक ५, एनआइएमबि ५ र एनआइसी एशिया बैंकले ५ प्रतिशत सहित ब्याजदर स्थिर राखेका छन् ।

संस्थागत मुद्दतीतर्फको ब्याजदर

संस्थागत निक्षेपतर्फ एभरेष्ट बैंकले सबैभन्दा धेरै ०.५० प्रतिशतले ब्याजदर घटाएर ३.५० प्रतिशत कायम गरेको छ । लक्ष्मी सनराइज, हिमालयन र सिद्धार्थ बैंकले पनि संस्थागत ब्याजदरमा ०.२५ प्रतिशतले कटौती गरेका छन् । अन्य अधिकांश बैंकहरूले भने संस्थागत ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् ।

माघ महिनामा ग्लोबल आइएमई बैंकको व्यक्तिगत ब्याजदर सबैभन्दा उच्च ५.५० प्रतिशत देखिएको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबैभन्दा न्यून ४.३६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १२ : ३० बजे

केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली

ताप्लेजुङ – ताप्लेजुङमा निर्माणाधीन केवलकार परियोजनाको काम छिटो सम्पन्न गर्न

केराको बोट सुक्न थालेपछि किसान चिन्तित

म्याग्दी – जिल्लाको बेनी नगरपालिका-२ खबराको बगैँचामा केराको बोट सुक्न

रवि र शिशिरले भनेजस्तै नेपाल-भारत सम्बन्ध ‘रिसेट’ भएकै हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमणबाट

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

काठमाडौं– सोमबारदेखि निजामती कर्मचारीले पाउने स्वास्थ्यसम्बन्धी सेवासुविधा चितवनको भरतपुर अस्पताल