सिंहदरबारभित्र बस्दै राष्ट्रिय सभाको बैठक, यस्तो छ तयारी (तस्बिरहरू) « Khabarhub

सिंहदरबारभित्र बस्दै राष्ट्रिय सभाको बैठक, यस्तो छ तयारी (तस्बिरहरू)


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाद्र २४ गतेको जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भएको आगजनी तथा सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनको काम अझै सम्पन्न हुन नसक्दा संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि वैकल्पिक सभा हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय सभाको बैठक माघ ४ गतेका लागि आह्वान गरिएको छ ।

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षलाई मर्मत तथा विस्तार गरी राष्ट्रिय सभा बस्ने व्यवस्था मिलाइएको हो । सो बैठक कक्षमा राष्ट्रिय सभा अध्यक्ष, प्रधानमन्त्री, मन्त्री तथा सांसदहरूका लागि आवत–जावत गर्ने मार्ग निर्माण गरिएको छ ।

त्यसैगरी, दर्शकदीर्घा र सञ्चारकर्मीहरू बस्न मिल्ने स्थानको समेत व्यवस्था गरिएको छ । हाल उक्त बैठक कक्षमा माइक, क्यामेरा तथा साउण्ड सिस्टम जडान गर्ने कार्य भइरहेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १२ : ५७ बजे

कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु

इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह

एजेन्सी– इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा