‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ « Khabarhub

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध सबैको दायित्व भएको बताएका छन् । 

सङ्घीय गृह मन्त्रालय तथा मधेस प्रदेश गृह सञ्चार तथा कानुन मन्त्रालयद्वारा  आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले आगामी फागुन २१ गते निष्पक्ष रूपमा प्रतिनिधिसभा निर्वाचन हुने बताए। 

उनले भने, ‘निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायका सबै अंगलाई गम्भीर भएर कार्यक्षेत्रमा लाग्नु होला ।’

निर्वाचनलाई सफल बनाउन राजीतिक दल, नागरिक समाज तथा सञ्चारकर्मीलाई आग्रह गर्दै गृहमन्त्रीले समाजमा द्वन्द्व फैलाउने गतिविधि नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरे। प्रचलित कानुनविपरीत गर्नेलाई कारबाही हुने चेतावनी पनि उनले दिए। सामाजिक सञ्जालको दुरुपयोगतर्फ उनको भनाइ लक्ष्यित थियो । 

जेन-जीको चाहनाअनुसार वर्तमान सरकार गठन भएको बताउँदै उनले सुशासन कायम गर्नु तथा निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउनु सरकारको कार्यादेश भएको गृहमन्त्रीले स्पष्ट गरे। 

उनले उच्च मनोबलका साथ कार्यक्षेत्रमा परिचालन हुन र राष्ट्रले सुम्पेको अभिभारा पूरा गर्न सुरक्षा निकायका पदाधिकारीलाई निर्देशन पनि दिए। 

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १२ : ४९ बजे

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई