अन्तिम सहमतिका लागि ८ बुँदा पठाएका छौँ : मधु आचार्य « Khabarhub

अन्तिम सहमतिका लागि ८ बुँदा पठाएका छौँ : मधु आचार्य


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले अन्तिम पटक सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाइएको बताएका छन् ।

उनले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संवाद र सहमतिको प्रयास अन्तिम चरणमा पुगेको जनाउँदै भने, ‘हामीले सहमतिको आधार तयार गरेर पठाइसकेका छौँ। अब उहाँहरूको प्रतिक्रिया पर्खिरहेका छौँ ।’

यस्ता छन् आठ बुँदाहरू 
१. कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने
२. विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने
३. प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने
४. चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने
५. टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने
६. निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने
७. उम्मेदवारको  टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने
८. विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १ : ३६ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र