कांग्रेस फुटनजिक पुगेकै हो ? शेखर भन्छन् : फुट्दैन-फुट्दैन, हामी मिलाउँछौँ  « Khabarhub

कांग्रेस फुटनजिक पुगेकै हो ? शेखर भन्छन् : फुट्दैन-फुट्दैन, हामी मिलाउँछौँ 


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहँदा संस्थापन पक्षले सानेपामा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। 

सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच सहमति नजुट्दा पार्टीभित्र तनाव बढेको छ ।

यही पृष्ठभूमिमा केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन सानेपा पुगेका नेता डा. शेखर कोइरालालाई पत्रकारले पार्टी फुटको जोखिमबारे प्रश्न गरे । 

जवाफमा कोइरालाले पार्टी नफुट्ने दाबी गरे । उनले भने, ‘फुट्दैन, फुट्दैन। मिलाउन सक्छौँ । पार्टी कहाँ यसै फुट्छ ।’

नेतृत्व तहमा देखिएको मतभेदबीच पनि कोइरालाको अभिव्यक्तिले कांग्रेसभित्र अझै संवाद र सहमतिको सम्भावना बाँकी रहेको संकेत गरेको छ । तर यही बैठकले महामन्त्रीद्वयसहितलाई कारबाही गर्ने सम्भावना छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १ : ४० बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र