कांग्रेस फुटनजिक पुगेकै हो ? शेखर भन्छन् : फुट्दैन-फुट्दैन, हामी मिलाउँछौँ  « Khabarhub

कांग्रेस फुटनजिक पुगेकै हो ? शेखर भन्छन् : फुट्दैन-फुट्दैन, हामी मिलाउँछौँ 


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहँदा संस्थापन पक्षले सानेपामा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। 

सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच सहमति नजुट्दा पार्टीभित्र तनाव बढेको छ ।

यही पृष्ठभूमिमा केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन सानेपा पुगेका नेता डा. शेखर कोइरालालाई पत्रकारले पार्टी फुटको जोखिमबारे प्रश्न गरे । 

जवाफमा कोइरालाले पार्टी नफुट्ने दाबी गरे । उनले भने, ‘फुट्दैन, फुट्दैन। मिलाउन सक्छौँ । पार्टी कहाँ यसै फुट्छ ।’

नेतृत्व तहमा देखिएको मतभेदबीच पनि कोइरालाको अभिव्यक्तिले कांग्रेसभित्र अझै संवाद र सहमतिको सम्भावना बाँकी रहेको संकेत गरेको छ । तर यही बैठकले महामन्त्रीद्वयसहितलाई कारबाही गर्ने सम्भावना छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १ : ४० बजे

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६