बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर « Khabarhub

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा जुटेको प्रहरीले खुर्कोट बजारबाट गयराति ६० हजार अमेरिकी डलर बरामद गरेको छ ।

काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा १६ च ८०४८ नम्बरको सुमो गाडीबाट ६० हजार डलर बराबरको रकम फेला परेको हो ।

मंगलबार राति करिब ११ बजे गोलन्जोर गाउँपालिका–७ खुर्कोटको माथिल्लो बजारस्थित चेकपोष्टमा सवारी साधन जाँचका क्रममा स्रोत नखुलेको विदेशी मुद्रा फेला परेको हो।

टाटा सुमोमा सवार झापा मेचीनगर नगरपालिका–३ निवासी करिब ३४ वर्षीय युवराज नेवारसँग रहेको कालो झोलाबाट ५७ हजार अमेरिकी डलर (१०० दरका ५७० थान) तथा १२ हजार नेपाली रुपैयाँ (१००० दरका १२ थान) बरामद गरिएको हो।

सिन्धुली प्रहरीले सबै जनशक्ति बैंक लुटपाटको अनुसन्धानमा खटाएको थियो । तर त्यही क्रममा झापा जाँदै गरेको सुमोमा उक्त डलर बरामद भएको हो ।

डलर बरामद भएको सुमो गाडी र व्यक्तिलाई खुर्कोट प्रहरीको हिरासतमा राखिएको छ । डलर भेटिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  २ : ३० बजे

आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न