सुमन सायमीसहितका नेताहरु नेकपा प्रवेश (तस्बिरहरू) « Khabarhub

सुमन सायमीसहितका नेताहरु नेकपा प्रवेश (तस्बिरहरू)


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता पक्षधर समूहबीच पार्टी समायोजन भएको छ ।  

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेकपा र सुमन सायमीको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालको एकता पक्षधर समूहबीच पार्टी समायोजन भएको हो ।

पार्टी समायोजनका क्रममा दुईपक्षबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो । सहमति पत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधव कुमार नेपाल र सुमन सायमीले हस्ताक्षर गरेका थिए ।

दुईपक्षबीच शासकीय स्वरूप  निर्वाचन प्रणालीमा जनमुखी सुधार गर्न आवश्यकता अनुसार संविधान संशोधन गर्ने सहमति भएको छ ।

त्यस्तै गैरन्यायीक सडक र खोला मापदण्ड समस्या समाधानसम्बन्धी सहमति पनि दुईपक्षबीच भएको छ भने सहकारी पीडित समाधानसम्बन्धी विभिन्न बुँदामा सहमति भएको छ । 

सहमति पत्रको कार्यान्वयनका लागि आवश्यक समन्वय निर्माण गर्न सडक, संसद् र सरकार तीनै तहबाट राजनीतिक संघर्ष सञ्चालन गर्न प्रतिबद्ध रहेको सहमति पत्रमा उल्लेख छ । 

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ३ : ३३ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र