जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा « Khabarhub

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक कारबाही भन्ने शब्दमा परेको बताएका छन् । पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका छन् । 

‘जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो’ उनले भने, ‘बद्लिएको अवस्था अनुसार कांग्रेस चलाऊँ भन्दा त कारबाहीमा पर्नुपर्ने रहेछ ।’

उनले आफूले बुधबार बिहानै विशेष महाधिवेशनको क्रममा नेपाली कांग्रेसको महामन्त्री छाडेको पनि बताए ।
 
‘मैले त बिहानै महामन्त्री पद छाडिसकेँ, प्रदिप पौडेल र गुरुराज घिमिरेले महामन्त्री पदमा उम्मेदवारी दिइसक्नुभयो, मलाई महामन्त्रबाट कारबाही गर्नको लागि त पद नै थिएन’, उनले भने ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : ५५ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर