ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा « Khabarhub

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने अभिव्यक्त इच्छापछि तीव्र भू–राजनीतिक बहसको केन्द्रमा पुगेको छ। राजधानी नुकका हिउँले ढाकिएका सडकमा स्थानीय बासिन्दाहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग खुलेर भनिरहेका छन्- ग्रिनल्यान्ड बिक्रीका लागि होइन ।

डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र रहेको ग्रिनल्यान्डलाई लिएर ट्रम्पले ‘कुनै पनि मूल्यमा’ नियन्त्रण लिन चाहेको बताउँदै आएका छन् । ह्वाइट हाउसले बल प्रयोग गरेर टापु लिने सम्भावनालाई पूर्ण रूपमा अस्वीकार नगरेपछि तनाव अझ बढेको छ । 

यही सन्दर्भमा अमेरिकी उपराष्ट्रपति जे.डी. भेन्सले बुधबार वासिङ्टनमा डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेन र ग्रिनल्यान्डकी विदेशमन्त्री भिभियन मोट्जफेल्टसँग भेटवार्ता गर्ने तय भएको छ ।

नुककी २२ वर्षीया विद्यार्थी टुटा मिकेल्सनले अमेरिकी अधिकारीहरूले ‘पछाडि हट्ने’ सन्देश बुझून् भन्ने चाहना व्यक्त गरे। उनका अनुसार ग्रिनल्यान्डवासीहरू डेनमार्कसँगको सम्बन्ध र त्यहाँबाट प्राप्त निःशुल्क स्वास्थ्य सेवा तथा शिक्षाबाट सन्तुष्ट छन् ।

ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले कोपनहेगनमा पत्रकार सम्मेलन गर्दै यदि छनोट गर्नुपर्ने अवस्था आयो भने ग्रिनल्यान्डले डेनमार्क, नाटो र युरोपेली सङ्घ (इयु) रोज्ने स्पष्ट गरे। यसप्रति प्रतिक्रिया दिँदै ट्रम्पले उनीसँग असहमति जनाउँदै ती भनाइ निल्सनसँगै समस्या बन्ने चेतावनी दिए ।

जलवायु परिवर्तनका कारण बरफ पग्लँदै जाँदा ग्रिनल्यान्ड रणनीतिक रूपमा अझ महत्त्वपूर्ण बन्दै गएको छ । छोटा व्यापारिक मार्ग खुल्ने सम्भावना र दुर्लभ खनिज स्रोतका कारण यस क्षेत्रप्रति चासो बढेको हो । ट्रम्पले रूसी र चिनियाँ जहाजबाट खतरा रहेको दाबी गरेका छन् , तर स्थानीय बासिन्दा र विज्ञहरूले यस्तो दाबीलाई अतिरञ्जित भनेका छन् ।

इन्जिनियर लार्स भिन्टनरले आफूले कहिल्यै रूसी वा चिनियाँ जहाज नदेखेको बताउँदै सुरक्षा बहाना मात्र भएको दाबी गरे। उनका मित्र हान्स नोर्गार्डले पनि ट्रम्पको भनाइलाई ‘कल्पना’ मात्र भएको टिप्पणी गर्नुभयो र आक्रामक अभिव्यक्तिविरुद्ध प्रहरीमा उजुरीसमेत दायर गरेको जानकारी दिए।

डेनमार्कले अमेरिकाले ग्रिनल्यान्डमा आफ्नो सैन्य उपस्थिति विस्तार गर्न सक्ने बताएको छ, तर टापुको स्वामित्व परिवर्तन अस्वीकार्य रहेको स्पष्ट पारेको छ । 

ग्रिनल्यान्डकी व्यापार तथा खनिज स्रोत मन्त्री नाजा नथानियलसेनले नाटो सहयोगीको भूभागबारे यस्तो छलफल हुनु ‘अकल्पनीय’ भएको बताउँदै अमेरिकी प्रशासनलाई स्थानीय जनताको आवाज सुन्न आग्रह गरे।

वासिङ्टनको बैठकपछि डेनमार्क र ग्रिनल्यान्डका अधिकारीहरू अमेरिकी कङ्ग्रेसका आर्कटिक ककस सदस्यहरूसँग पनि भेट्नेछन् । यसैबीच, केही अमेरिकी सांसदहरूले ग्रिनल्यान्ड वा कुनै पनि नाटो सदस्यको सार्वभौम क्षेत्र कब्जा गर्न सङ्घीय कोष प्रयोग गर्न नपाइने कानूनी प्रस्ताव अघि सारेका छन् ।

युरोपेली नेताहरूले पनि ग्रिनल्यान्ड आफ्नै जनताको हो भन्ने अडान दोहो¥याएका छन् । फ्रान्सले फेब्रुअरी ६ मा ग्रिनल्यान्डमा वाणिज्य दूतावास खोल्ने योजना सार्वजनिक गर्दै टापुप्रतिको कूटनीतिक चासो अझ स्पष्ट बनाएको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ५ : ३९ बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी