तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून « Khabarhub

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को बक्स अफिस भिडन्तको यात्रा सुरु भएको छ ।

माघ १ गतेबाट अर्थात बिहीबारबाट प्रदर्शनमा आउन लागेका यी तीन फिल्मका लागि देशभरका हलहरुले अग्रिम टिकट बिक्री र शो संख्या भाग लगाइसेका छन् ।

यी तीनमध्ये पहिलो दिन बिहीबारका लागि सबैभन्दा बढी शो ‘मिरमिरे’ले पाएको छ । नायकद्वय दयाहाङ राई, प्रकाश सपुत र नायिका सिर्जना निङ्लेखु शीर्ष भूमिकामा रहेको यस फिल्मले ११८ भन्दा बढी शो पाएको छ ।

त्यस्तै, मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र नायिका वर्षा सिवाकोटी शीर्ष भूमिकामा रहेको फिल्म ‘गोबर गणेश’ले १०३ भन्दा बढी शो पाएको छ ।

यी मध्ये सबैभन्दा कम शो पाउने फिल्म ‘भाइरल गोर्खे’ले ९९ शो पाएको छ । यस फिल्ममा नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ शीर्ष भूमिकामा रहेका छन् ।

समग्रमा यी तीनै फिल्मले पाएको पहिलो दिनको शो संख्या न्यायपूर्ण हो । ‘शो कम दिएको’ भन्दै मेकरहरुले हलसँग गुनासो गर्दै आएको अवस्था यी तीनै फिल्मले बराबर जस्तै शो पाएका छन् । यी फिल्मका मेकरहरुले हलसँग गुनासो गर्ने स्थान छैन ।

माघे संक्रान्तिको सार्वजनिक बिदाको उपभोग गर्ने उद्देयले प्रदर्शनमा आएका यी तीनै फिल्मको प्रि–बुकिङ न्यून देखिएको छ । धेरै जसो शो खाली रहेकाले यसलाई निराशजनक बुकिङ मान्न सकिन्छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ६ : २५ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा