मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ « Khabarhub

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश टेकनारायण कुँवरले प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित विशेष समारोहमा डा सिंहलाई शपथ गराएका हुन् ।

मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णको उपस्थितिमा समारोहमा प्रदेश सरकारका उच्च पदस्थ अधिकारी, वरिष्ठ कानुन व्यवसायी तथा कानुनी क्षेत्रका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।

शपथपश्चात् डा सिंहले संविधान र प्रचलित कानुनको पूर्णपालना गर्दै प्रदेश सरकारलाई गुणस्तरीय कानुनी परामर्श र प्रभावकारी बहस प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले न्यायिक प्रणालीलाई थप सबल बनाउँदै सुशासन र विधिको शासनलाई कार्यसम्पादनको मूलआधार बनाइने बताए।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवका अनुसार शपथ ग्रहणसँगै डा सिंहले औपचारिक रूपमा मुख्य न्यायाधिवक्ताको कार्यभार सम्हालेका छन् । 
 

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ६ : २४ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र