मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ « Khabarhub

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश टेकनारायण कुँवरले प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित विशेष समारोहमा डा सिंहलाई शपथ गराएका हुन् ।

मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णको उपस्थितिमा समारोहमा प्रदेश सरकारका उच्च पदस्थ अधिकारी, वरिष्ठ कानुन व्यवसायी तथा कानुनी क्षेत्रका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।

शपथपश्चात् डा सिंहले संविधान र प्रचलित कानुनको पूर्णपालना गर्दै प्रदेश सरकारलाई गुणस्तरीय कानुनी परामर्श र प्रभावकारी बहस प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले न्यायिक प्रणालीलाई थप सबल बनाउँदै सुशासन र विधिको शासनलाई कार्यसम्पादनको मूलआधार बनाइने बताए।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवका अनुसार शपथ ग्रहणसँगै डा सिंहले औपचारिक रूपमा मुख्य न्यायाधिवक्ताको कार्यभार सम्हालेका छन् । 
 

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ६ : २४ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा