पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर « Khabarhub

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक अभ्यास र संस्थागत प्रक्रियाको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । उनले पार्टीभित्र पछिल्लो समय देखिएका गतिविधिहरूलाई विधानसम्मत र लोकतान्त्रिक ढंगले समाधान गर्नुपर्ने उल्लेख गरेका छन् ।

महरले जारी गरेको वक्तव्यमा पार्टी एकता, विचारको स्पष्टता र आन्तरिक अनुशासन कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन् । उनले पद, हैसियत वा क्षणिक राजनीतिक लाभका लागि सिद्धान्त र विधानबाट विचलित हुन नहुने स्पष्ट पारेका छन् ।

पार्टीको इतिहास, योगदान र वर्तमान चुनौतीलाई स्मरण गराउँदै महरले सबै नेता तथा कार्यकर्तालाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले असहमति भए पनि त्यसलाई विधानभित्र रहेर, संवाद र सहमतिका माध्यमबाट समाधान गर्नुपर्ने धारणा राखेका छन् ।

पार्टीलाई बलियो, विश्वसनीय र जनउत्तरदायी बनाउने दायित्व सबैको साझा भएको उल्लेख गर्दै महरले लोकतान्त्रिक मूल्य र विधिको रक्षा नै नेपाली कांग्रेसको पहिचान भएको बताएका छन् ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ८ : ०४ बजे

बालेन सरकार आएपछि ओली-देउवाबाट राजनीतिक नियुक्ति लिएकाको भविष्य के होला ?

काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजासँगै देशको

अर्थविद् केशव आचार्यको निधन

काठमाडौं– अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका

कराते खेलाडी एरिका तमुधि यूकेकी गुडविल एम्बासडर नियुक्त

काठमाडौं– कराते खेलाडी एरिका गुरूङलाई तमुधि युकेले गुडविल एम्बास्डर घोषणा

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको