काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा घोषणा गरिने भएकाे छ ।
नेता गुरुराज घिमिरेका अनुसार नेतृत्व चयनको अन्तिम छलफल टुंगोमा पुगेको छ र सहमतिका आधारमा नयाँ कार्यसमिति सार्वजनिक गरिनेछ।
यता नेतृत्व घोषणाको तयारी भइरहँदा कांग्रेसभित्रको राजनीतिक तनाव चरम सीमामा पुगेको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको छ ।
एकातिर विशेष महाधिवेशनबाट नयाँ नेतृत्व निर्माणको प्रयास भइरहँदा अर्कोतिर कारबाहीले पार्टी विभाजनको अवस्थामा पुगेको छ ।












प्रतिक्रिया