काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका छन् । पार्टीको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापतिमा सर्वसम्मत भएका हुन् ।
यस्तै उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल सर्वसम्मत चयन भएका छन् भने महामन्त्रीको जिम्मेवारी गुरु घिमिरे र प्रदीप पौडेलले पाएका छन् ।
यता सहमहामन्त्रीमा खस आर्यतर्फ उदय शमशेर राणा, दलिततर्फ प्रकाश रसाइली ‘स्नेही’, मधेसीतर्फ मुक्ताकुमारी यादव, महिलातर्फ डिला संग्रौला, मुस्लिमतर्फ फरमुल्ला मन्सुर, थारु समुदायतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रतर्फ कर्णबहादुर बुढा र आदिवासी जनजातितर्फ बहादुरसिंह लामा सर्वसम्मत चयन भएका छन्।













प्रतिक्रिया