काठमाडौं- आर्थिक एवम् सुरक्षा सहकार्य मजबुत बनाउन भारत र जर्मनी सहमत भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मन चान्सलर फ्रेडरिख मर्जबीच भएको भेटवार्ताका क्रममा आर्थिक एवम् सुरक्षा सहकार्य मजबुत बनाउन दुई मुलुक सहमत भएका हुन् ।
भारत भ्रमणमा रहेका मर्जले मोदीसँग गुजरात राज्यको गान्धीनगरमा भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा दुई मुलुकबीच सहकार्यका विभिन्न सम्झौतापत्रमा समेत हस्ताक्षर भएको समाचार संस्था एपीले जनाएको छ ।
दुई मुलुकले खासगरी रक्षा सहकार्य, सीप विकास, स्वास्थ्य तथा शिक्षाजस्ता क्षेत्रमा सहकार्य अभिवृद्धि गर्न सम्झौता गरेका हुन् । वार्ताका क्रममा मोदीले युरोपेली युनियन ईयूमा जर्मनी भारतको सबैभन्दा महत्वपूर्ण व्यापार साझेदार रहेको बताएका थिए ।
उनले दुई मुलुकबीच मौसम परिवर्तन, ऊर्जा तथा रेअर अर्थ पदार्थको उत्खननजस्ता क्षेत्रमा सहकार्य अभिवृद्धिका लागि पनि सहकार्य अवाश्यक रहेको जनाए । जवाफमा चान्सलर मर्जले भारत पनि जर्मनीकोे महत्वपूर्ण साझेृदार रहेको जनाएका थिए ।













प्रतिक्रिया