तनहुँमा अस्थायी मतदाता नामावली स्वीकृत « Khabarhub

तनहुँमा अस्थायी मतदाता नामावली स्वीकृत


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्ला निर्वाचन कार्यालय तनहुँले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको नामावली स्वीकृत गरेको छ । कार्यालयले एक हजार ६९८ जना अस्थायी मतदाताको नामावली स्वीकृत गरेको हो ।

जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले कारागारमा रहेका कैदीबन्दी, सङ्घ र प्रदेश सरकार मातहतका कर्मचारी, सुरक्षाकर्मी अस्थायी मतदाताको रूपमा रहेको जानकारी दिए । अस्थायी मतदातालाई छुट्टै मतदान केन्द्रको व्यवस्था गरिनेछ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रयोजनका लागि अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ को दफा ९ उपदफा (१) बमोजिमका निकाय वा संस्थाबाट प्राप्त सोही कार्यविधिको दफा १० बमोजिम नाम समावेश गर्न, त्रुटी सच्याउन तथा दाबी विरोधका लागि निवेदन पेस भए अनुसार जाँचबुझ गरी सोही कार्यविधिको दफा ११ बमोजिम अस्थायी मतदाता स्वीकृत गरिएको लम्सालले बताए ।

निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार ४९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार ९०६ जना रहेको छ ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नम्बर १ तर्फ एक लाख २६ हजार ८८२ र र क्षेत्र नम्बर २ तर्फ एक लाख २७ हजार ५१५ मतदाता कायम भएका छन् । क्षेत्र नम्बर १ मा पुरुषको सङ्ख्या ६१ हजार ७७८ र महिलाको सङ्ख्या ६५ हजार १०४ रहेको छ ।

क्षेत्र नम्बर २ मा पुरुषको सङ्ख्या ६१ हजार ७१३ र महिलाको सङ्ख्या ६५ हजार ८०२ रहेको छ । क्षेत्र नम्बर १ तर्फ व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ । क्षेत्र नम्बर २ तर्फ शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको वडा नम्बर ५ र ६ पर्दछ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  १० : ५९ बजे

ठगीको अभियोगमा पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हङ्गेरी पठाइदिन्छु भन्दै

चलचित्र पत्रकार सिटौलाको स्मृतिमा अक्षयकोष स्थापना

काठमाडौं– चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको

विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

पर्वत– जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा परेको

तनहुँमा अस्थायी मतदाता नामावली स्वीकृत

तनहुँ– जिल्ला निर्वाचन कार्यालय तनहुँले फागुन २१ गते हुने प्रतिनिधिसभा

आम्दानीको स्रोत अटोरिक्सा : मासिक ४० हजार रुपैयाँ आम्दानी

म्याग्दी– म्याग्दीमा अटोरिक्सा चलाउने व्यवसाय आम्दानीको बलियो माध्यम बनेको छ