राजसंस्था, निर्वाचन प्रणालीमा सुधार र दुई तहको संरचना राप्रपाको मुख्य एजेण्डा (घोषणापत्र सहित) « Khabarhub

राजसंस्था, निर्वाचन प्रणालीमा सुधार र दुई तहको संरचना राप्रपाको मुख्य एजेण्डा (घोषणापत्र सहित)


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अभिभावकीय संस्थाको रुपमा राजसंस्थालाई अघि सार्दै खर्चिलो र अस्थिर निर्वाचन प्रणालीमा व्यापक परिवर्तन र सुधार आवश्वक रहेको जनाएको छ ।

आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक घोषणापत्रमा राप्रपाले हिन्दू राष्ट्र, राजसंस्था, प्रदेश संरचनाको खारेजीजस्ता विषयलाई प्रमुख एजेन्डा बनाएको छ ।

प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचनाको परिकल्पना गर्दै पार्टीले सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र गैरदलीय स्थानीय तहको योजना अघि सारेको छ ।

घोषणापत्रमा पार्टीले अबको गन्तव्य पृथ्वीपथमा आधारित सबल, समृद्ध र समुन्नत नेपाल रहेको जनाएको छ । पार्टीले मलुकको राजनीति राजनीतिक दल र नेताको विकासका लागि भएपनि देश र जनताका विकासका लागि हुन नसकेको उल्लेख गरेको छ ।

घोषणापत्रमा पार्टीले समृद्धिका आधार स्तम्भका रुपमा जलस्रोत/विद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि सुशासन, विदेशमा बस्ने नेपालीको सीप र पुँजी तथा निजी क्षेत्र रहेको जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ३ : १३ बजे

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत