पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र « Khabarhub

पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपति मन्दिर परिसरमा हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व महाशिवरात्रिको तयारी तीव्र पारिएको छ । 

आइतबार मनाइने महाशिवरात्रीका अवसरमा भक्तजनलाई सहज रुपमा मन्दिर दर्शनका लागि पशुपति क्षेत्र विकास कोषले आवश्यक तयारी गरेको हो । कोषले महाशिवरात्री पर्वका लागि भक्तजनलाई कुनै कमी हुन नदिने जनाएको छ । शिवरात्रीका लागि साधु-सन्तहरु पशुपति मन्दिर परिसर आइसकेका छन् । 

शिवरात्रीका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधु-सन्तहरु आउने गर्दछन् । यसरी आउने साधुसन्तलाई शिवरात्री सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने प्रचलन छ ।

शिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाटसमेत भक्तजनहरू आउने गर्दछन् । शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ३ : ३७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली