पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र « Khabarhub

पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपति मन्दिर परिसरमा हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व महाशिवरात्रिको तयारी तीव्र पारिएको छ । 

आइतबार मनाइने महाशिवरात्रीका अवसरमा भक्तजनलाई सहज रुपमा मन्दिर दर्शनका लागि पशुपति क्षेत्र विकास कोषले आवश्यक तयारी गरेको हो । कोषले महाशिवरात्री पर्वका लागि भक्तजनलाई कुनै कमी हुन नदिने जनाएको छ । शिवरात्रीका लागि साधु-सन्तहरु पशुपति मन्दिर परिसर आइसकेका छन् । 

शिवरात्रीका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधु-सन्तहरु आउने गर्दछन् । यसरी आउने साधुसन्तलाई शिवरात्री सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने प्रचलन छ ।

शिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाटसमेत भक्तजनहरू आउने गर्दछन् । शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ३ : ३७ बजे

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत