अमेरिकी विदेशमन्त्री रुबियो र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता « Khabarhub

अमेरिकी विदेशमन्त्री रुबियो र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी बीच भेटवार्ता भएको जनाइएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सामाजिक सञ्जाल एक्स मार्फत उनीहरूको भेटवार्ताको बारेमा जानकारी दिएका हुन् ।

दुवै पक्षले दुई राष्ट्र प्रमुखहरूद्वारा गरेको महत्त्वपूर्ण सहमति संयुक्त रूपमा कार्यान्वयन गर्नु पर्ने बताउँदै सन् २०२६ लाई चीन र अमेरिका। आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र सहयोगको दिशामा अगाडि बढ्ने वर्ष हुने बताएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्ने र सीले यस वर्षको अन्त्यमा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने अपेक्षा गरिएको घोषणा गरेपछि यो भेटवार्ता भएको जनाइएको छ  ।

पत्रकारहरूलाई सम्बोधन गर्दै ट्रम्पले अप्रिलमा राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने बताए । यस अघि फेब्रुअरी –४ मा ट्रम्प र सी बीच ९० मिनेटको टेलिफोन वार्ता भएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ५ : ०१ बजे

नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ– बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

बाँके– पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रको रूपमा रहेको नेपालगञ्जस्थित भेरी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक

विपन्नका लागि छुट्याइएका हजारौँ बेड खाली, किन पुग्दैनन् बिरामी ?

काठमाडाैँ- नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने