‘विपद्मा एपीएफ अस्पतालको भूमिका सराहनीय छ’ « Khabarhub

‘विपद्मा एपीएफ अस्पतालको भूमिका सराहनीय छ’


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एपीएफ अस्पतालले विपद्का समयमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरिएको छ ।

नेपाल एपीएफ अस्पतालको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्राकृतिक विपद्, आपतकालीन अवस्था, भूकम्प, कोभिड महामारी जस्ता चुनौतीको सामना गर्दै अस्पतालले जनस्वास्थ्यलाई सर्वोपरि ठानी कार्य गर्दै आइरहेको बताए।

अस्पताल उपचार सेवामा मात्र सीमित नभई इमर्जेन्सी, प्याथोलोजी, रेडियोलोजी, डाइलेसिस सेवा, प्रसूति सेवालगायत आधुनिक सेवामा स्थापित हुँदै आएको भन्दै उनले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा महानिरीक्षक अर्यालले अस्पतालमा कार्यरत रही वर्षभरि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा अस्पताललाई सहयोग पुर्‍याउने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलाई कदरपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

स्वास्थ्य सेवा केवल पेसा नभई मानवताको सेवा, करुणाको अभ्यास र राष्ट्रप्रतिको गहिरो प्रतिबद्धता भएको भन्दै महानिरीक्षक अर्यालले व्यक्तिगत लाभ, पदोन्नति र करियर केन्द्रित सोचभन्दा माथि उठेर राष्ट्र, सङ्गठन र जनताको सर्वोच्च हितलाई पहिलो प्राथमिकतामा राखी काम गर्न निर्देशनसमेत दिए।

सोही अवसरमा अस्पतालमा ‘मडुलर अप्रेसन थिएटर’को उद्‌घाटन गरिएको छ । कार्यक्रममा अस्पतालका प्रमुख, प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक डा. रूपक महर्जनलगायतले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ६ : १३ बजे

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर