चुनबाङबाट प्रचण्डको चेतावनी- ‘देश जलाउने र कुशासन गर्नेहरू हार्नेछन्’ « Khabarhub

चुनबाङबाट प्रचण्डको चेतावनी- ‘देश जलाउने र कुशासन गर्नेहरू हार्नेछन्’


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमनकारी प्रवृत्तिलाई जनताले पराजित गर्ने दाबी गरेका छन् ।

रुकुम पूर्वको चुनबाङमा शनिबार अपराह्‍न आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालै बङ्गलादेशमा सम्पन्न निर्वाचन परिणामबारे टिप्पणी गरे ।

‘सिंहदरबार, संसद् भवन जले, सर्वोच्च अदालत जल्यो। निजी सम्पत्ति र व्यक्तिका घर जले। अब आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन्,’ उनले भने, ‘गणतन्त्र र परिवर्तन ल्याउनेहरू जित्नेछन्।’

उनले बङ्गलादेशको निर्वाचनबाट पाठ सिक्नुपर्ने आवश्यकता औँल्याउँदै त्यहाँ आगजनी र अस्थिरता निम्त्याउने शक्तिहरू पराजित भएको उल्लेख गरे । ‘चुनावमा आगो लगाउनेहरू नै जित्छन् भनिन्थ्यो, तर उनीहरू हारे। स्थिरता चाहनेहरू विजयी भए,’ उनले भने।

सामाजिक सञ्जालका आधारमा फैलाइने हल्लाले मत परिणाम निर्धारण नगर्ने भन्दै उनले जनताले तथ्यका आधारमा निर्णय गर्ने विश्वास व्यक्त गरे।

संयोजक प्रचण्डले आगजनी, कुशासन, दमन र हिंसा मच्चाउने प्रवृत्तिलाई रोल्पा–रुकुमका जनताले राम्ररी बुझेको दाबी गरे। ‘यहाँका जनताले बुझिसकेका छन्, अब देशभरिका जनताले पनि बुझ्नेछन्,’ उनले भने।

उनले रुकुम पूर्वलाई विकासको नयाँ मोडेलका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै भरतपुरमा गरिएको विकासलाई उदाहरणका रूपमा प्रस्तुत गरे। अब विकास र समाजवादको नयाँ मोडेल स्थापित गर्ने दिशामा अघि बढ्ने उनको भनाइ थियो।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ६ : ४१ बजे

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ– गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ– मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

दबाब र देशभक्तिको द्वन्द्व: अस्ट्रेलियामा शरण लिने निर्णय रद्द गरेर स्वदेश फर्कँदै इरानी फुटबलर

काठमाडौँ – अस्ट्रेलियामा बस्नका लागि मानवीय भिसा पाएका इरानी महिला

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।