कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू)  « Khabarhub

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत सीमावर्ती क्षेत्रका सर्वसाधारणहरू लाभान्वित भएका छन् । प्रतिनिधिसभा निर्वाचनका समयमा पूर्ण रुपमा सेवा बन्द गरिएको रेल सेवा अहिले सामान्य रुपमा सञ्चालन भइरहेको छ ।

रेल विभागले २०१९ मा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल किनेको हो भने पाँच वटा डिब्बासहितका एउटा रेलमा एकैपटक १२ देखि १३ सय यात्रुले यात्रा गर्न सक्छन् । डिजेल इलेक्ट्रिक मल्टिपल युनिट डिजेल र विद्युत दुवैबाट चल्ने डिपिसि १९०१ र डिपिसि १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका छन् ।

हाललाई कुर्था–जनकपुर–जयनगरमा मात्र सञ्चालन गरिँदै आएको नेपाल रेल्वे राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत सर्लाही खण्डमा ९० प्रतिशत काम सकिएको आयोजनाको लालबन्दी कार्यालयले जानकारी दिएको छ ।

निर्वाचनको समयमा हरेक पार्टीको घोषणा पत्रमा लेखिने पूर्व–पश्चिम विद्युतीय रेल मार्ग सञ्चालनको योजनाले अहिलेसम्म पूर्णता पाएको छैन । यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीले पनि पूर्व–पश्चिम विद्युतीय रेल मार्ग सञ्चालनको योजना आफ्नो वाचापत्रमा समावेश गरेको छ ।

रास्वपाको वाचापत्रमा नेपालको यातायात प्रणालीमा दीर्घकालीन परिवर्तन ल्याउन विस्तृत अध्ययनको आधारमा रेलमार्ग विस्तारको ५० वर्षे गुरुयोजना बनाउने रहेको छ, र यसको शाखा मार्ग काठमाडौँ, पोखरा, दाङ, सुर्खेत र तराईका प्रमुख सहरहरूमा पुर्याउने र त्यसलाई भारत र चीनको रेलमार्गसँग जोड्ने रहेको छ ।

सर्लाही खण्डको केही स्थानमा भने ट्रयाक निर्माणको कामसमेत बाँकी रहेको छ । सागरनाथ वन परियोजना र मूर्तिया वन कार्यालयले रूख कटान नगर्दा काम रोकिएको छ । हरिवन नगरपालिका–५ घुर्कौली क्षेत्रका केही किसानले अझै मुआब्जा लिन नमानेका कारण काम अगाडि बढ्न सकेको छैन् । किसानले जग्गाको मूल्याङ्कन बढाउन माग गर्दै काम गर्न अवरोध गरिरहँदा त्यस क्षेत्रमा कामको प्रगति शून्य छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  १० : ४८ बजे

रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

रसुवा– विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि

पृथ्वी राजमार्ग खुलेसँगै गन्तव्यतर्फ लागे काठमाडौंमा अड्किएका सवारी (तस्बिरहरू)

काठमाडौं– निरन्तरको वर्षा र राजमार्गमा आएको अवरोधपछि काठमाडौंमा अड्किएका मालवाहक

चार दिनपछि खुल्यो बीपी राजमार्ग

काभ्रेपलाञ्चोक- अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग

नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ

काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको

अमेरिका–इरान सम्झौतामा अझै मतभेद

न्युयोर्क- इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै