अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे « Khabarhub

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा जुट्नुपर्ने बताएका छन् । 

चालिसेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत हालको राजनीतिक परिस्थितिलाई आत्मसमीक्षा र पुनर्निर्माणको अवसरका रूपमा लिँदै कार्यकर्ता र नेताहरूलाई एकताबद्ध भएर सङ्गठन सुदृढ बनाउन आह्वान गरेका छन् ।

उनले एउटा चुनावी हारले नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टीलाई कमजोर बनाउन नसक्ने स्पष्ट पारेका छन् । ‘एउटा चट्टानमाथिको रूखजस्तै नेपाली कांग्रेस यो आँधीमा पनि कम्तीमा उभिएको छ। एउटा हारले नेपाली कांग्रेस कहिल्यै हार्ने छैन,’ चालिसेले लेखेका छन्। उनका अनुसार अहिलेको चुनौतीपूर्ण अवस्थाले पार्टीलाई थप परिपक्व र सङ्गठित बन्ने अवसर दिएको छ ।

प्रवक्ता चालिसेले पार्टीलाई अझ मजबुत बनाउन कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै रूखलाई मलिलो जमिनमा सारेर हुर्काउने कामजस्तै सङ्गठनलाई बलियो बनाउने जिम्मेवारी सबैको भएको बताए । उनले पार्टीभित्र आत्मसमीक्षा, सङ्गठन विस्तार र कार्यकर्ता सुदृढीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

उनले आगामी दिनमा फेरि निर्वाचन आउने र त्यसका लागि अहिलेबाटै तयारी सुरु गर्नुपर्ने धारणा राखेका छन्। ‘फेरि चुनाव आउनेछ, हामी झन् बलियो भएर जित्नेछौँ,’ उनले भनेका छन् ।

चालिसेले अहिलेको अवस्थामा विरोधीहरूले अवसर खोजेर आक्रमण गर्नु स्वाभाविक भएको उल्लेख गर्दै कांग्रेसले त्यसतर्फ ध्यान नदिई सङ्गठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताए ।

उनले कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको ऐतिहासिक शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा पनि देशको नेतृत्व गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ११ : २५ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा