म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना « Khabarhub

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ । 

सङ्घीय सरकारको विशेष अनुदानमा धवलागिरि गाउँपालिकाले मुना गाउँको सरसफाइ र ढल व्यवस्थापनका लागि नाली (पक्की नहर) निर्माण थालेको हो । मुनामा हाल धवलागिरि गाउँपालिकाको केन्द्र रहेको छ । 

भिरालो पाखोमा गुजमुज्ज बाक्लो बस्ती रहेको मुनाका घरबाट निस्कने फोहर पानी र बर्खायाममा बग्ने पानीको सुरक्षित तथा व्यवस्थित निकासका लागि आयोजना सञ्चालन गरेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए । 

‘बर्खामा पाखामा बग्ने पानीले गाउँलाई असुरक्षित र घरबाट निस्कने ढलका कारण फोहर व्यवस्थापनमा चुनौती छ’, उनले भने, ‘मुना गाउँलाई सफा र सुरक्षित बनाउने उद्देश्यले आयोजना सञ्चालन गरेका हौँ ।’ 

मुनामा करिब ३०० घरपरिवारको बसोबास रहेको छ । उक्त योजना निर्माणका लागि गत माघ २५ गते मङ्गला कन्स्ट्रक्सन प्रालीले ६० लाख ७८ हजार ७४७ मा ठेक्का सम्झौता गरेको थियो ।आगामी असार १५ गतेसम्म ठेक्काको म्याद रहेको छ । 

योजनामार्फत ७५० मिटर पक्की नाला निर्माण गरिने धवलागिरि गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख लोकेन्द्र रावलले जानकारी दिनुभयो । गत वर्ष वडा नं ४ मुदीमा ढल व्यवस्थापन आयोजना सञ्चालन भएको थियो । 

सङ्घीय विशेष अनुदानको बजेटबाट मुदीमा ३७ लाख ७७ हजारमा ठेक्का सम्झौता गरी ४०० मिटर पक्की नहर निर्माण भएको गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ३ : १४ बजे

सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

टीकापुर– कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु

नागरिकको निर्णयलाई भूराजनीतिक चस्माबाट नहेरौँ

नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु

कर्णाली सरकारबाट सार्वजनिक बिदामा ६ दिन थप

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा ६ दिन

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका