दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य « Khabarhub

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्यले हालै सम्पन्न निर्वाचनको गम्भीर समीक्षा गरी दृढतापूर्वक जनताको पक्षमा उभिनुपर्ने आवश्यकता औँल्याएका छन्। 

एमाले अर्घाखाँची–रुपन्देही सम्पर्क मञ्चको आज बुटवलमा सम्पन्न बैठकमा उनले सङ्गठनलाई परिचालन, निरन्तर समीक्षा र मूल्यांकन गरी जनताको पक्षमा उभिनुपर्नेमा जोड दिए । 

नेता आचार्यले निर्वाचन परिणामबारे विश्लेषण र मूल्यांकन गरी आगामी दिनमा नयाँ ढङ्गले जनतामाझ जानुपर्ने धारणा राखे। उनले विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न एमाले नेतृत्वमा बनेका सरकारले गरेका महत्वपूर्ण कामबारे बुझाउन आवश्यक रहेको बताए। 

बैठकमा लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, पार्टीका अर्घाखाँची अध्यक्ष पिताम्बर भुसाललगायतले आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ५ : ४९ बजे

सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

टीकापुर– कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु

नागरिकको निर्णयलाई भूराजनीतिक चस्माबाट नहेरौँ

नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु

कर्णाली सरकारबाट सार्वजनिक बिदामा ६ दिन थप

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा ६ दिन

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका