अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै « Khabarhub

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल ‘जेबी’ भोवेल तीन दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आउन लागेका छन्।

फागुन २१ को संसदीय निर्वाचन सम्पन्न भएपछि नेपाल आउने उनी हालसम्मका सबैभन्दा उच्च पदस्थ अमेरिकी सेनाका अधिकारी हुन् ।

हवाईस्थित फोर्ट शाफ्टरमा कार्यरत जनरल भोवेल नेपाल आउनुअघि दक्षिण एसियाली दौडाहामा छन्। बिहीबार उनले नयाँ दिल्लीमा भारतीय प्रधानसेनापति उपेन्द्र द्विवेदीसँग भेटवार्ता गरेका थिए।

त्यसपछि भुटानको भ्रमण पूरा गरी उनी आइतबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ। यसअघि फागुन १ गते अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका जनरल सामुयल जे। पापारो नेपाल आएका थिए।

उनले परराष्ट्रमन्त्री बालानन्द शर्मा र प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटघाट गर्नुका साथै पाँचखालस्थित नेपाली सेनाको तालिम केन्द्रको अवलोकन गरेका थिए।

जनरल भोवेलको भ्रमणका क्रममा द्विपक्षीय सुरक्षा सहकार्य, क्षेत्रीय स्थिरता, तालिम तथा सैन्य सम्बन्ध सुदृढीकरणका विषयमा छलफल हुने अपेक्षा छ।

नेपालमा निर्वाचन सम्पन्न भएसँगै काठमाडौंस्थित अमेरिकी दूतावासले साझा सुरक्षाका मुद्दामा सहकार्य हुने अपेक्षा गरेको थियो । तर त्यो साझा सुरक्षाको विषय के हो दूतावासले खुलाएको थिएन ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ९ : ३८ बजे

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न