गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक « Khabarhub

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

शनिबार शहीदलखन गाउँपालिका–३ कान्टार क्षेत्रमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ। सवारीमा चालक र सहचालकसहित १४ जना सवार थिए।

प्रहरीका अनुसार दुर्घटनास्थलमै सात जनाको ज्यान गएको हो । ज्यान गुमाउने सबै भारतीय नागरिक रहेको बताइएको छ । घाइते भएका अन्य सात जनालाई भने तत्काल उद्धार गरी उपचारका लागि पठाइएको छ।

प्रारम्भिक जानकारी अनुसार चालक र सहचालक बाहेक माइक्रोबसमा सवार सबै भारतीय नागरिक थिए। उनीहरू मनकामना मन्दिर दर्शनका लागि गएका तीर्थयात्री रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी र स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएका थिए । भीरालो भूभागका कारण उद्धार कार्य केही समयसम्म चुनौतीपूर्ण बनेको बताइएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ९ : ५१ बजे

सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

टीकापुर– कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु

नागरिकको निर्णयलाई भूराजनीतिक चस्माबाट नहेरौँ

नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु

कर्णाली सरकारबाट सार्वजनिक बिदामा ६ दिन थप

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा ६ दिन

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका