हातेमालो अभियन्ता तिवारी कृषि सहकारी ह्यासट्याग अभियानमा सक्रिय « Khabarhub

हातेमालो अभियन्ता तिवारी कृषि सहकारी ह्यासट्याग अभियानमा सक्रिय


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारीको स सुन्नासाथ आजकल मानिसहरूले नमिठो भाव प्रकट गर्छन् । मकै पोल्नेको, ठेला धकेल्नेको तथा विदेशमा पुगेर पसिना र रगतमा पैसा जोहो गर्नेको साना बचत घोटाला देखि ठूला काण्डसम्म सहकारीकै नाममा भएका छन् ।

तर, पर्वतका नीलकण्ठ तिवारी भने यस्तो अवस्थामा पनि सहकारीबाटै देश बन्छ भनेर अभियानमा लागिरहेका छन् । पर्वत जिल्ला पैयुँ गाउपालिका ६ का तिवारी आजकल पालिका कृषि सहकारी भन्दै ह्यासट्याग अभियानमा जोडका साथ लागेका छन् । 

उनी सानैदेखि पढाइमा अब्बल थिए भने सामाजिक राजनीतिक रूपमा पनि चासो राख्ने गर्थे । १३ वर्षको उमेरमा विद्यार्थी राजनीतिमा सक्रिय भएका उनी हाईस्कुल रेडक्रसको सभापतिमा समेत निर्वाचन लडेरै जितेका थिए । विद्यालय वा समाजका काममा सक्रिय हुने, युवाहरूलाई सामाजिक विकृति तथा अन्याय अत्याचार विरुद्ध आकर्षित गर्ने र संगठित गराउने काम उनले सानैदेखि गर्दथे ।

उनको समाजवादी सोच र स्वभावमा कहिल्यै उतारचढाव आएको देखिँदैन । परिवर्तन र रूपान्तरणमा प्रतिबद्ध उनी भन्छन् ‘समाजवाद कल्पना होइन, विज्ञान हो । नारा होइन, जीवन पद्दति हो । यो त मबाट हामी बन्ने प्रयास हो । हामीमा रहेको निजी स्वार्थ, निजी जीवन र निजी सम्पत्तिको परित्याग गर्ने कोसिस हो ।’ आफू जलेर अरुलाई उज्यालो दिने उच्च मानवीय गुण उनको आदर्श र व्यवहार पनि हो ।

विभिन्न समयका सामाजिक जागरणमा उनले विभिन्न प्रयास र अभ्यास गर्दै आएका छन् । संसारभरि रहेका नेपालीको समाचार संकलन र सम्प्रेषणको अवधारणामा शुरु गरिएको र कुनै बेला ८८ देशका २१२ शहरमा रहेका नेपाली बिच पुग्ने ऐक्यबद्धता मासिकका उनी संस्थापक र अवधारणाकर्ता पनि हुन् । अहिले पनि उनी त्यसको प्रधान सम्पादक छन् । ३२ वर्षदेखि यता नेपाल बुद्धिजीवी संगठनमा आवद्ध रहेका उनी जिल्ला, प्रदेश र केन्द्रका विभिन्न जिम्मेवारी पूरा गर्ने क्रममा २०७३ देखी ०८१ सम्म केन्द्रीय उपाध्यक्ष र ०८१ असार देखी हालसम्म वरिष्ठ उपाध्यक्ष रहेका छन् ।

दक्षिणी पर्वतको ऐतिहासिक हातेमालो अभियान (जिल्ला स्तरमा), अष्ट ज अभियान मार्फत विकास नीति सुधारको प्रयास (राष्ट्रिय स्तरमा) र पछिल्लो पटक पालिका कृषि सहकारी मार्फत समृद्धिको आधार निर्माण गर्ने बहस (राष्ट्रिय स्तरमा) मा उनका मुख्य अवधारणा र प्रयास रहेका छन् ।

उनले आज भन्दा २५ वर्ष पहिले बिसं. २०५७ अर्थात् सन २००० मा पर्वत जिल्लाको दक्षिणी क्षेत्र हुवास मर्दिखोलालाई केन्द्र बनाएर २०५७ पौष २३ देखि २६ सम्म चलेको हातेमालो अभियानको संयोजन गरेका थिए । भौगोलिक रूपमा सुगम भएपनि लामो समयसम्म दुर्गम रहेको र मोटरबाटो पुग्न नसक्दा त्यहाँका जनतालाई सास्ती भएको ठान्दै काठमाडौंमा रहेका पर्वतेलीहरूको बैठक आयोजना गरी उनले हातेमालो अभियानको अवधारणा र कार्यक्रम पेश गरेका थिए । सोही अनुसार बैठकले तिवारीलाई नै संयोजक गराई सांस्कृतिक टिम सहित जागरण सभाहरू मार्फत हातेमालो अभियान सम्पन्न गराएको हो ।

१७ हजार ६८३ जनताले ४ दिनसम्म श्रम हाजिरी गरेको सो कार्यक्रममा अभियान संयोजक तिवारीबाटै हातेमालो चोक घोषणा गर्दै बिसं. २०५७ पौष २६ गते दिउसो ४ बजे उक्त अभियान समापन भएको थियो । त्यसको लगभग १ वर्ष अर्थात २०५८ मंसिर ११ गते दक्षिण पर्वतको हातेमालो चोकमा पहिलो मोटर पुगेको थियो । यो अभियानको मुख्य उद्देश्य विकासमा जनता सहित सर्वपक्षीय सहभागिता निर्माण र जनचेतना अभिवृद्धि सहित दक्षिण पर्वतलाई सडक संजालसंग जोड्नु रहेको तिवारी बताउँछन् ।

तिवारीको मुख्य सोच र बहस अभियान देश किन बनेन भन्नेमा केन्द्रित रहेको पाईन्छ । उनी आफँै संलग्न रहेको ऐक्यबद्धता पत्रिका मार्फत यो बहस बढाउने क्रममा अमेरिकामा रहेका नेपाली प्रोफेसर दुर्गादत्त पौडेलले जल, जमिन, जंगल, जडिबुटी, जलवायु, जनावर, जनशक्तिका विषय प्रकाशनमा ल्याएपछि लोककृष्ण भटराइ र नीलकण्ठ तिवारी लगायतबाट सो विषयमा थप गरी अष्ट ज को पहिचान, संरक्षण, सम्बर्धन, उत्पादन र प्रभावकारी वितरणबाट देशको समृद्धि हुने धारणा सम्प्रेषण गर्न अष्ट ज अभियान संस्थागत रूपमा सुरु गरेका थिए ।

जल, जमिन, जंगल, जडिबुटी सम्बन्धी नीतिहरू ठूलो संख्यामा बन्दै आएपनि नीतिहरू एक अर्कासँग बाझिँदा विकास प्रयासहरू अवरुद्ध भएकोले मन्त्रालय वा विभागहरूको उचित संयोजनमा मात्र नीति बनाइनु पर्ने निष्कर्ष र सुझाव सरकारलाई दिएको थियो । सुरुवातमै गणतन्त्र नेपालका राष्टपति डा रामवरण यादवदेखि पुर्वराजासम्म, प्राय दलका शीर्ष नेताहरू, प्रधानमन्त्रीहरू, कृषि मन्त्रीहरू, योजना आयोगका पदाधिकारीहरू र उच्च पदस्थ कर्मचारीहरूका उपस्थितिमा पचासौं शीर्षकका कार्यक्रमको संयोजन अभियानको महासचिव रहेका उनै तिवारीले गरेका थिए । बिसं. २०६५ देखि २०७६ सम्म तिवारीकै नेतृत्वमा सो अभियान सक्रिय सक्रिय बनेको थियो ।

सुरूमा व्यक्तिले पनि व्यावसायिक कृषि र उद्यम मार्फत उत्पादन तथा रोजगारी सृजना गरेर निजी र देशको अर्थतन्त्र बलियो बनाउन वा योगदान दिन सकिन्छ भन्ने सोच राखेका तिवारीले आफ्नो, निकटका साथीहरूको र व्यावसायिक कृषि अभियन्ताहरूको आन्तरिक यथार्थता शष्लेषण गर्न थाले । कोरिया, इजरायल र जापानबाट कृषि तथा पशुपालनमा सिकेका सीप, प्रविधि र रगत पसिनाले आर्जेको पैसा पच्चिस लाखदेखि डेढ करोडसम्म लगानी गरेकाहरूलाई उत्प्रेरित गर्न किसानसँग सचिव र कृषकसँग मन्त्री जस्ता शिर्षकमा उनले दर्जनौं कार्यक्रमको संयोजन गरे । तर, तीन चार देखि पाँच, छ वर्षसम्म उनीहरूमध्ये दुई तिहाई पुनः विदेश फर्केको अनुभूति आजकल उनैले बोल्दै आएका छन् ।

कृषिमा काम गर्ने श्रमिकको भविष्य र र लगानीकर्ताको सुरक्षा समेत नभएको अवस्थामा तिवारीले अहिले नयाँ उपाय खोजेका छन् । जति जमिन उत्पादनका लागि भनेर रंगीएका छन त्यहाँ लगानीको आधा उत्पादन छैन । आधा लगानी नउठ्दा पनि माटोमा श्रम पसिना बगाउने किसानको मनोविज्ञान, व्यथा र देशको आवश्यकताको अध्ययन उनी समेतले गरे । 

कतिपयको जग्गा बाझो बढदै जाने, कतिपयको जग्गा बाझो राख्न मन नहुने तर लगानीको आधा पनि उत्पादन नहुने अवस्था भएका कारणले कृषकको पहिचान र अनुदानमा वृद्धि जस्ता सामान्य सुधारले कृषि व्यवसायीकरण सार्थक नहुने कुरा उनले उदाहरण सहित सम्प्रेषण गर्दै आएका छन् । राज्य र जनताको संयुक्त हातेमालो हुनुपर्ने भन्दै केहि वर्षदेखी उनले पालिका कृषि सहकारी निर्माणमा आवाज उठाउँदै आएका छन् । उनले यो विषयमा लेख, धारणा बाहेक तत्कालीन पूर्व प्रधानमन्त्रीहरूलाई पनि सुझाव दिएका थिए । सोही पूरा नभएको अभियानलाई लिएर तिवारीले अहिले सामाजिक सञ्जालमा निरन्तर ह्यासट्याग चलाइरहेका छन ।

तिवारीको यस्तो छ पालिका कृषि सहकारी सम्बन्धी प्रस्ताव

उनी भन्छन्, ‘अहिले हाम्रा बारीका पाटा र खेतका गरा पनि बाँझा छन् । यसमा हाम्रा प्रयास निकै भए । केहि पालिकाहरुले आफनो मौलिकतामा केहि राम्रा अभ्यास पनि गरेका छन्, तर, यो मति र गतिले पुगेन भन्ने ठम्याईका साथ खेतका गरा, बारीका पाटा, कान्ला र भीर (भीरमा समेत मौरी पाल्न सकिने) गरी सस्तो दाममा बाहिरिएका बलिया पाखुराको उपयोगमा काम थालनी गर्नुपर्दछ ।’ 

पालिका सरकारहरूमार्फत ‘हाम्रो खेतबारी, हाम्रै सहकारी’ को लक्ष्यसहित काम सुरु गर्न तत्कालै सम्भव रहेको उनको तर्क छ । १) पालिकाहरूमा पालिका सरकारकै निर्णयबाट ‘हाम्रो खेतबारी ः हाम्रै सहकारी’ को अवधारणामा पालिका कृषि सहकारी स्थापना गर्ने, २) उक्त पालिका कृषि सहकारीलाई शुरुको बर्ष पालिकामा जाने कुल बजेटको २० प्रतिशत र त्यसपछि १५ प्रतिशत बजेटको व्यवस्था गर्दै जाने र ३) पालिकाभित्रका सबै घरधुरीलाई सहकारीको अनिवार्य सदस्य बनाउने र तोके अनुसारको सदस्यता दस्तुर बुझाउन नसक्नेलाई जग्गा भाडाबाट पछि मिलान गराउने गरी सदस्य बन्न दिनेको उनको अवधारणा छ । 

त्यस्तै, पालिका भित्र रहेका र देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका पालिकाका सबै नागरिकलाई स्वेच्छिक रुपमा सेयरको अपिल गर्ने, अहिलेसम्म लगानीको आधा पनि उत्पादन गर्न नसकिएको कारण र उदाहरण बताउने र आफ्नै सहकारीले आफनै जग्गाको भाडा दिने र जग्गा बाँझो नराखि उत्पादन तथा रोजगारी झन बढाउने कुरा तथ्यका साथ सम्प्रेषण गर्ने अवधारणा उनको छ । 

साथै, सहकारीले आवश्यकता अनुसार जग्गाको पहिचान, माटो जाँच, जग्गा भाडा, रोजगारी, यान्त्रिकीकरण, भण्डारण र बजारीकरण सम्मका आवश्यक कार्यविधि तयार गर्ने, यसो गर्दा आवश्यकता अनुसार पालिकाले एैन, नियम बनाउने र पालिकाका स्थानीय शैक्षिक प्रतिष्ठानहरूसँग समन्वय गरी उत्पादन सम्बन्धि पाठ्यक्रम बनाई शिक्षण र मुल्यांकन अभियानमा जोड्ने उनले बताए ।

त्यस्तै, उनले पालिकाभित्र पहिलेदेखि काम गरिरहेका कृषि फर्म वा अन्य प्रयासहरूको अवस्था हेरि उनीहरुले संचालन गर्ने भए सहजीकरण गर्ने तथा उनीहरुको रुचि र अनुरोधमा मर्ज गराउने नीति बनाउने, कृषिमा संलग्न कामदार वा मजदुरको सम्मान, स्वास्थ्य, शिक्षा, बिमा र योगदानमा आधारित सुरक्षा सेवा जस्ता सुविधासहित जीवनको सुनिश्चितता अनुभुति हुने गरी आवश्यक नीति र कार्यविधिहरु तयार गर्ने र स्वदेश तथा विदेशमा रहेका सम्बन्धित पालिकाका नागरिकको सीप र प्रविधि पहिचान गरी उनीहरुको संलग्नतालाई जोड गर्ने । तालिम र प्रविधिमार्फत जनशक्ति तयार गर्ने काम गर्नुपर्ने बताएका छन् । 

कृषिको व्यवसायीकरण तथा यान्त्रिकीकरण र आधुनिक जनशक्तिका माध्यमबाट पालिकाहरूको उत्पादन दोब्बरसम्म पार्ने रणनीति बनाउने र अर्गानिक उत्पादनमा जोड दिएर नेपाली ब्राण्डका खाद्य विदेशीलाई बेच्न प्रदेश र संघ सरकार मार्फत वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

तिवारी भन्छन्, ‘हाम्रै अनुभवमा पनि पर्म, गुठी र किपट जस्ता अभ्यासहरु सहकारी सोचकै प्रयास र संस्कृति हुन् । हाम्रै छिमेकी देश चीनमा अहिले पनि ‘ताचाईबाट सिकौं’ भन्नुको अर्थले कृषि सहकारीको महत्व उजागर गर्छ, गम्भिरताका साथ पालिका कृषि सहकारीबाटै देश बनाउने संकल्प गरौं ।’

संविधानमा भएको समाजवादको प्रंसंग जोड्दै तिवारीले पुँजीको न्यायिक वितरण बिना समाजवादको कल्पना गर्न नसिकिने र स्वाधीन पुँजी बिना न्यायिक वितरण सम्भव नहुने भन्दै आत्मनिर्भरता बिना स्वाधीन पुँजी बन्न नसक्ने तर्क गर्छन् ।

यसबाहेक उनी थप्छन्, ‘हामीले सेतो, पहेँलो, रातो र नीलो क्रान्ति भन्दै र गर्दै यहाँसम्म आयौं, अब रक्तपात र तोडफोडबिहीन हरित क्रान्ति गर्न बाँकी छ, पालिका कृषि सहकारी मार्फत त्यो कोर्ष पूरा हुनेछ ।’

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १ : ५२ बजे

सरकारको कूटनीतिक योजना : नेपाललाई ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’मा परिणत गर्ने 

काठमाडौं– सरकारले संसदमा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय दलका घोषणापत्रमा आधारित

प्रधानमन्त्री कप : आजको खेलमा गण्डकी प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा कर्णाली

नितिश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

काठमाडौं- जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले मंगलबार नेपालसँग सीमा

कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिका–२ कोल्टीमा आज इलाका

सन्तोषको स्पष्टीकरण- प्रलोपाको जिम्मेवारीबाट पन्छिसकेको छैन

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सन्तोष परियारले आफूले