पश्चिम एसिया युद्ध रोक्न चीनको चार सूत्रीय प्रस्ताव, अमेरिकालाई कडा चेतावनी « Khabarhub

पश्चिम एसिया युद्ध रोक्न चीनको चार सूत्रीय प्रस्ताव, अमेरिकालाई कडा चेतावनी


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनका राष्ट्रपति शी चिनफिङले मध्यपूर्व (पश्चिम एसिया ) मा शान्ति र स्थिरता कायम गर्न चार सूत्रीय प्रस्ताव प्रस्तुत गरेका छन्।

यो प्रस्ताव उनले मंगलबार अबुधाबीका क्राउन प्रिन्स शेख खालिद बिन मोहम्मद बिन जायद अल नहयानसँग बेजिङमा भएको भेटवार्ताका क्रममा राखेका हुन्।

यो प्रस्तावलाई हाल मध्यपूर्वमा बढ्दो तनाव (विशेष गरी इरानमाथि अमेरिका र इजराइलको हमलापछि उत्पन्न संकट) बीच चीनको महत्वपूर्ण कूटनीतिक पहलको रूपमा हेरिएको छ।

शीको चार सूत्रीय प्रस्ताव:

१. क्षेत्रीय देशहरूबीच शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्त कायम राख्ने
(क्षेत्रका देशहरू एकअर्काका छिमेकी र अन्तरनिर्भर रहेकाले सहयोगी र दिगो क्षेत्रीय सुरक्षा संरचना निर्माण गर्ने।)

२. प्रत्येक देशको सार्वभौमिकता र प्रादेशिक अखण्डताको सम्मान गर्ने
(हरेक राष्ट्रको स्वतन्त्रता र अधिकारको पूर्ण सम्मान।)

३. विकास र सुरक्षा बीच सन्तुलन कायम गर्ने
(विकास र सुरक्षा दुवैलाई सँगै लैजाने नीति अपनाउने।)

४. अन्तर्राष्ट्रिय नियम र कानुनमा आधारित व्यवस्था कायम राख्ने
(संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर काम गर्ने।)

राष्ट्रपति शीले मध्यपूर्वमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै भने, ‘दुनियाँलाई ‘जंगलको कानुन’ (ताकतवरले जे पनि गर्न सक्छ) को अवस्थामा जान दिनु हुँदैन।’

उनले थप भने, ‘दुनियाँ संयुक्त राष्ट्रका नियम र अन्तर्राष्ट्रिय कानुनको आधारमा चल्नुपर्छ। नियम सबैमा समान रूपमा लागू हुनुपर्छ, कसैको सुविधाअनुसार होइन।’

अमेरिकालाई चेतावनी

यसैबीच, चीनले अमेरिकालाई कडा चेतावनी दिएको छ। यदि अमेरिकाले ट्यारिफ (भन्सार महसुल) बढाएमा चीनले पनि जवाफ दिने बताएको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुन ले भनेका छन्, ‘इरानलाई सैन्य सहयोग गरेको भन्ने आरोप पूर्ण रूपमा झुटो र बिनाप्रमाण फैलाइएको हो। चीन हतियार निर्यातसम्बन्धी आफ्ना कडा नियमहरू पालना गर्छ।’

नाकाबन्दीबीच चिनियाँ ट्याङ्कर होर्मुज पार

अमेरिकाले होर्मुज स्ट्रेटमा नाकाबन्दी लगाएको पहिलो पूर्ण दिनमै एउटा चिनियाँ ट्याङ्करले उक्त रुट पार गरेको छ।

‘रिच स्टार्री’ नामको ट्याङ्करले होर्मुज स्ट्रेट पार गर्दै फारसको खाडीबाट बाहिरिएको छ। यो नाकाबन्दी लागू भएपछि बाहिरिने यो पहिलो जहाज हो।

जहाजमा करिब २ लाख ५० हजार ब्यारेल मेथानोल लदिएको थियो । जुन संयुक्त अरब एमिरेट्सको हमरिया बन्दरगाहबाट लोड गरिएको थियो।

उक्त ट्याङ्कर र यसको मालिक कम्पनी पहिले नै अमेरिकी प्रतिबन्धको दायरामा छन्। यस घटनालाई मध्यपूर्व संकटमा चीनको कूटनीतिक तथा आर्थिक सक्रियताको संकेतको रूपमा हेरिएको छ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ७ : ४८ बजे

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक