सशस्त्रका असई शेर्पाले गरिन् लोबुचे हिमालको आरोहण « Khabarhub

सशस्त्रका असई शेर्पाले गरिन् लोबुचे हिमालको आरोहण


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले नयाँ बर्ष २०८३ वैशाख १ गते लोबुचे हिमालको सफल आरोहण गरेकी छिन्।

मंगलबार बिहान ८ः५७ बजे शेर्पाले ६ हजार १ सय १९ मिटर अग्लो सो हिमालको सफलतापुर्वक आरोहण गरेकी हुन्।

हिमाल आरोहण गर्ने शेर्पा सशस्त्र प्रहरी बल नेपालको पहिलो महिला हुन्। बिश्वको सर्वोच्व शिखर सगरमाथा चढ्ने अभियानमा रहेकी शेर्पाले यहि सिजनमा सगरमाथा र ल्होत्से हिमाल पनि चढ्ने छिन्। यसअघि उनलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा संगठनको झन्डा प्रदान गरेर बिदाइ गरिएको थियो।

सशस्त्र प्रहरी बलबाट यसअघि सशस्त्र प्रहरी नायब उपरिक्षक सुरज पौडेल र सशस्त्र प्रहरी नायब निरिक्षक दन्त बहादुर छन्त्यालले सगरमाथा शिखर सफलतापूर्वक आरोहण गरिसकेका छन्।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ९ : ३९ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज