ट्रम्प र सीबीच बेइजिङमा वार्ता « Khabarhub

ट्रम्प र सीबीच बेइजिङमा वार्ता

चीन र अमेरिका प्रतिद्वन्द्वी होइन, साझेदार बनौँ : राष्ट्रपति सी


३१ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र अमेरिका एकअर्काका प्रतिद्वन्द्वी नभएर साझेदार बन्नुपर्नेमा जोड दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको द्विपक्षीय वार्ताअघि सीले यस्तो धारणा राखेका हुन् ।

बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’ बाहिररेड कार्पेटमा राष्ट्रपति सी र ट्रम्पले हात मिलाउँदै उच्चस्तरीय वार्ताका लागि प्रवेश गरेका थिए । दुवै नेता आजै साँझ आयोजना हुने विशेष राजकीय भोज मा समेत सहभागी हुने कार्यक्रम छ ।

दुई महाशक्ति राष्ट्रका प्रमुखबीच हुने यस वार्तामा मुख्यगरी भन्सार महसुल, प्रविधि क्षेत्रको प्रतिस्पर्धा, इरान युद्ध र ताइवान मामिला एजेन्डाका रूपमा रहेका छन् ।

सन् २०१७ पछि पहिलोपटक चीन भ्रमणमा आएका ट्रम्पसँगै यसपटक अमेरिकी प्रविधि क्षेत्रका प्रतिष्ठित व्यक्तित्व पनि बेइजिङ पुगेका छन् । टेस्लाका प्रमुख एलन मस्क र एनभिडियाका जेन्सेन हुवाङ ट्रम्पको टोलीमा सहभागी छन् । बेइजिङ ओर्लिनुअघि ट्रम्पले अमेरिकी उद्योगका लागि चीनले आफ्नो बजार ‘खुला’ गर्नुपर्ने माग राख्ने बताएका थिए ।

इरान युद्धका कारण गत मार्चका लागि तय भएर पनि रोकिएको यो भ्रमण अहिले विशेष चासोका साथ हेरिएको छ । सन् २०१७ को तुलनामा अहिलेको चीन थप शक्तिशाली र दृढ देखिएको छ, जसले आफूलाई एक स्थिर विश्वव्यापी शक्तिका रूपमा प्रस्तुत गर्न खोजिरहेको छ ।

दुई नेताबीचको यो संवादले विश्व राजनीति र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ८ : ३७ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना